आज :

कीर्तिपुरे जनताकोे माओवादीप्रतिको त्यो अगाद श्रद्धा

  • धनन्जय बुढा

कीर्तिपुर । नेकपा (माओवादी केन्द्र)बाट मेयरका उम्मेदवार बनेका प्रा.डा.शिवशरण महर्जनको नेतृत्वमा भएको घर दैलो अभियान निकै उत्साहप्रद र जनताको मुहारमा उत्साह जागेको देखियो । मंगलबार वडा नं. १, २, र १० वडामा भएको घरदैलो अभियनले सहभागी माओवादी नेता तथा कार्यकर्ता पनि उत्साहित देखिन्थे ।

युवादेखि वृद्ध आमाबुबासम्मले शिवशरण महर्जनलाई भोट दिने प्रतिबद्धताका साथ आशीर्वाद दिएका थिए । सकिनसकि फूलका गच्छाले स्वागत गर्दथ्ये जनताहरु । बढ्दो उमेर र ढल्किदो जीवनको त्यो उत्तरार्धमा पनि जवानीमा जस्तैः मुहारमा चमक देखिन्थ्ये ती वृद्ध आमाबुबामा ।

नहोस् पनि किन शिवशरण महर्जन कीर्तिपुरको विकासको आधारशीला खडा गर्ने एक मुर्धन्य समाजसेवी तथा बौद्धिक व्यक्तित्व जो रहेछन्, जुन कीर्तिपुरे जनताले चार्चा गर्दा थाहा पाईयो । ‘बुढो भयो सब रंग गायो, आँगन पनि प्रदेश भयो’ भन्ने जन भनाई त्याहाँ देखिरहँदा उहाँरुसँग शिवशरण र जसपाबाट वडा नं. १ का उम्मेदवारहरुले अंकमाल गर्दा कतिपय वेला भावुक अवस्था सिर्जना भएको देखिन्थ्यो ।

अनि कतिपय शिवशरणका विद्यार्थीहरुले श्रद्धाभावले नमस्कारसहित भोट दिने प्रतिबद्धताले झनै उत्साहित बनाउँथ्यो माहौल । अर्कातिर माआवादी केन्द्रीय नेताहरु लिलामणी पोखरेल, शशी श्रेष्ठ, पूर्वमन्त्री रेखा शर्मा, हितमान साक्य, चित्रबहादुर केसीलगायतले जनतासँग दुःखु–सुखका कुरा साटिरहँदा जनताले चुनवमा जस्तैः ‘बेलाबेला आउनु है’ भन्दा नेताहरु पनि भावुक भएको दृष्य पनि देखिन्थ्यो । तर देशमा कुसासन र भ्रष्टाचारको जालो झनै बलियो भईरहेको वर्तमानको दृष्यले मेरो मन कटकटी खाइरहन्थ्यो……

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal