आज :

“ एक कप चिया” अभियान अन्तर्गत ४0 जनाले पाए निःशुल्क मोतिविन्दु शल्यक्रिया उपचार

  • बुद्धशरण शाही

काठमाडौँ  । दैनिक एक कप बराबरको रकम दान बात बनेको  “ एक कप चिया”  अभियानले  ४0  जना मोतिबिन्दु बिरामीको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । २८ औँ निःशुल्क आँखा शिविर कीर्तिपुरको नगरमण्डप श्री कीर्ति विहारमा आज  शनिबार अभियान अन्तर्गत उठेको चन्दाबाट संकलित रकमबात विभिन्न स्थानबाट आएका बिरामीलाई निःशुल्क शल्यक्रिया उपचार  गरिएको हो ।

कार्येक्रममा सन् २००२ देखि नेपालका दुर्गम ग्रामिण सामुदायिक बिद्यालयमा अध्यन गर्दै आएका बालबालिकालागि सामाजिक काम गर्दै आएकी जर्मन नागरीक सिमोन दाग्मारले  अभियानमा सहयोग गर्दै आएकाहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो ।

काभ्रेपलान्चोक जिल्लासहित काठमाडौंको मनमैँजु, टोखा, बलम्बु, कीर्तिपुरलगायतका अति विपन्न बिरामीलाई सो सेवा दिइएको यूथ आई सर्भिसका अध्यक्ष तथा बरिष्ट आँखा रोग बिषेशज्ञ सिद्धार्थ रञ्जितले जानकारी दिनुभयो ।

विगतमा एउटा  आँखाको शल्यक्रिया गरेका केही बिरामीले पुनः अर्को आँखाको शल्यक्रिया गरेका छन् । दैनिक एक कप चिया बराबरको रकम दान दिएर सुरुवात गरिएको “एक कप चिया अभियान” अभियानमा अहिलेसम्म ४ सय ५० बढी सदस्य र १ सय बढी देश बिदेशका आजीवन सदस्य रहेका छन्।

दैनिक एक कप चिया बराबरको खर्च दान गरेर त्यस बापतकाे रकम असहाय दीनदुखीहरूलाई आँखाकाे ज्याेति प्रदान गर्न बिभिन्न स्थानमा गएर आँखा नि:शुल्क शिविर तथा प्रत्येक बर्ष नि:शुल्क मोति  बिन्दुको शल्यक्रिया सेवा दिदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal