काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को केन्द्रीय कार्यालय अब कीर्तिपुरमा बन्ने भएको छ । विवादित व्यवसायी मिनबहादुर गुरुङले दिएको जग्गामा एमालेको केन्द्रीय कार्यालयको शुक्रबार शिलान्यास गरिएको छ ।
प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरुङ दम्पतिले दिएको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका हुन् ।
करछलि र ललिता निवास जग्गा प्रकरणमा मुछिएका विवादित व्यवसायी गुरुङले एमाले केन्द्रीय कार्यालय भवन निर्माणको लागि १० रोपनी १४ आना जग्गामा दान गरेका छन् ।
देशभर सांगठानिक संरचना भएको एमालेले माफियाको आरोप लागेका विवादित व्यवसायीले दान गरेको जग्गामा केन्द्रीय कार्यालय बनाउने भएको छ ।
एमाले महासचिव शंकर पोखरेलले गुरुङ दम्पतिले सो जग्गा भूमी दान गरेको बताए ।
शिलान्यास कार्यक्रममा छोटो प्रतिक्रिया दिँदै गुरुङले आफू लामो समयदेखि एमाले निकट रहेको बताउँदै एक बर्ष पछि आजकै दिन भवनको उदघाटन हुने बताए ।
गुरूङ ललिता नीवास जग्गा प्रकरणमा दाेषी हठर भएर जेल जलान भएका थिए । तर, २ कराेड ४६ लाख छुटेका थिए ।
बल्खुमा रहेको एमालेको केन्द्रीय कार्यालय भूकम्पले भत्काएको थियो । त्यसपछि केही समय धुम्बाराही र हाल ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानलाई भाडामा लिएर एमालेले केन्द्रीय कार्यालय संचालन गरिरहेको छ ।