आज :

जनसंख्या वृद्धि नगरे १ शताब्दीमा देशको अस्तित्व नरहन सक्छः दर्शन चिन्तक न्यौपाने

  • अनलाइन डबली

काठमाडौं । वक्ताहरुले नेपाली शासक र राजनीतिक दलहरु सत्ताको दाउपेचमा अल्भिलदै गर्दा देशका जनसंख्या घट्दै गएको र यसबाट देशको भविष्यमा गम्भिर संकट बढ्ने विज्ञहरुको आँकलन छ । शनिबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा वक्ताहरुले स्रोत, साध र सध्यको मुख्य आधार जनसंख्यामा आईरहेको कमिले नेपालको अस्तित्व धरापमा पर्ने चिन्ता व्यक्त गरेका छन् ।
दर्शन चिन्तक प्रा.डा. गोपिलाल न्यौपानेले जनसंख्या वृद्धि गर्ने दिशातिर नगए अबको १ शताब्दीपछि नेपालको अस्तित्व नरहने खतारा रहेको बताएका छन् । न्यौपानेले अहिले पनि पञ्चायतकालिन् जनसंख्या नीतिले निरन्तरता पाउनुले देशको भविष्य भयाबहउन्मुख रहेको दाबी गरेका छन् ।

न्यौपानेले डेढ–डेढ अरब जनसंख्या भएको उत्तरी बिशाल चिन र दक्षिणतिरको भारतकोबीचमा नेपालको जनसंख्यामा त्यतिनै मात्रामा अन्तर हुनु र त्यसलाई सन्तुलन गर्नेतिर तत्काल सोच्नु पर्ने धारणा राखे । देश राजनीति अस्थिरथाको भूमरीमा फस्नु,राजनीतिक दलहरु सत्ता दाउपेचमा रुमलिनुको परिणाम सदियौंदेखि गरिबी र पछौटेपनामा गज्रनु परेका आरोप लगाउँदै भने,“कुनै कुराको अध्ययन–अनुसन्धान नगरी सबै सधैं हावाको भरमा हरेक कुरा चलाउनुको परिणाम हामी ‘सुनको थालमा भिख मागिरहेका छौं’ ।”

देशको जनसंख्या बढ्नुपर्ने अनुपातमा नबढेर हरेक दशकमा घटिरहेकोप्रति चिन्ता व्यक्त गर्दै, त्यसको मुख्य समस्या जनसंख्या नियन्तरण नीति भएको बताउँदै भने,“पञ्चायति व्यवस्थामा विवाह गरेको भोलिपल्टैदेखि श्रीमान–श्रमतीलाई ल्याउँदै आँध्यारो कोठामा खसि पारिन्थ्यो, अहिलेको लोकतन्त्र आउँदासम्म त्यो अवस्था परिवर्तन गर्नु पर्दैन ।”

काठमाडौं जस्तोः राजधानी सहरमा पनि विश्वमा सबैभन्दा कम जनघनत्व (३९५ प्रति वर्ग किलोमिटर) हुनु दुर्भाग्य भएको न्यौपानेले बताउँदै,“कहिले सडकपेटी सफा गर्ने बहाना, कहिले सुकुम्बासी त कहिले पार्किङको कारण देखाउँदै मान्छे लखेटिएको छ, अनि कसरी बन्छ देश ।” “भक्तपुरमा ३,६३१, सिंगापुर ८,४३०, ढाकामा १० हजार प्रति वर्ग किलोमिटर जनघनत्व हुँदा काठमाडौंको ३ सय पन्चानब्बे मात्रै छ, अनि कसरी जनसंख्या ज्यादा भयो ?” न्यौपानेले प्रश्न गरे ।

जनसंख्यविद नवराज थापाले देशको जनसंख्या घटि र बढीसँग भन्दा पनि त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मुख्य सरोकारको विषय भएको बताए । नेपालमा वर्तमान जनसंख्याको तथ्याङ्क अनुसार जन्मदर र मृत्यूदर घट्न गएको र निर्भर भन्दा काम गर्ने(उत्पादनशील) उमेरका जनसंख्याको हिस्सा बढी भएपनि देशको राजनीतिक अस्थिरताको कारण त्यसको समुचित उपयोग नहुनु दर्भाग्य भएको थापाले बताए ।

थापले अघिल्लो जनगणनाको तुलनामा पछिल्ला दशकमा जनसंख्या वृद्धिदर घट्दै गएको र वृद्ध–बृद्धाहरुको संख्यामा वृद्धि हुने र उत्पादनशील जनसक्ति विदेश पलायन हुनुले देशको भविष्य संकटउन्मुख रहेकोप्रति चिन्ता व्यक्त गरे । विश्वमा हाल ८ अरब भन्दा बढी जनसंख्याको बसोबास भइरहँदा, विकसित देशहरुमा १६ प्रतिशत र कम विकसित देशहरुमा ८४ प्रतिशत रहेको छ । त्यसैगरी एसियामा विश्व जनसंख्याको करिब ५९ प्रतिशत जनसंख्या रहेको छ । ती मध्ये भारत र चीनमा सर्बाधिक जनसंख्यको बसोबास छ । नेपालमा २ करोड ९२ लाख रहँदा भारत र चीनसँग नेपालको डेढ अरबको अन्तर हुँदा नेपालले सन्तुलित जनसंख्या नीति अबलम्बन गर्नु पर्ने थापा सुझाउँछन् ।

नेपालले बेलैमा जनसंख्यालाई समान वितरण र ठूला मुलुकहरुसँग त्यसको सन्तुलन कायम नगरे नेपाली नश्लको भविष्यमा खडेरी पर्नुका साथै विदेशीको हातमा देश जानेप्रति सोच्नुपर्नेमा थापाको जोड छ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal