आज :

जर्मनीमा रहेका नेपालीसँग राष्ट्रपति पौडेलले भने– एकपटकको नेपाली सधैँलाई नेपाली

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एकपटकको नेपाली सधैँलाई नेपाली हुने बताएका छन् ।

मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति पौडेलको सम्मानमा आइतबार बर्लिनमा नेपाली राजदूतावासले गरेको विशेष स्वागत तथा सम्मान समारोहमा राष्ट्रपति पौडेलले संसारमा जहाँ पुगेपनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सिन आग्रह गरे । कार्यक्रममा प्रथम महिला सबिता पौडेल, भ्रमण दलका सदस्य र बर्लिनस्थित नेपालीहरु सहभागी थिए ।

‘एक पकटको नेपाली सधैँलाई नेपाली हो । जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पु¥याउन तपाईहरुको भूमिका रहनुपर्दछ,’ राष्ट्रपति पौडेलले भनेका थिए । राष्ट्रपति पौडेलले श्रम र सामाजिक न्यायका लागि आफूले विश्व समुदायलाई अपिल गरिरहेको बताए ।

सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा यहाँस्थित नेपालीहरूले स्वागत स्वागत गरेका थिए । राजदूत खड्काले जर्मन नेपालबीच लामो समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक पक्षबारे जानकारी गराएका थिए । साथै, जर्मनमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे जानकारी गराएका थिए ।

सो अवसरमा जर्मनमा रहेको गैरआवासीय नेपाली संघका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो । राष्ट्रपति पौडेलले यसअघि आइतबार दिउँसो जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका थिए । आज राष्ट्रपति पौडेलले समकक्षी जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयरबीच औपचारिक भेटवार्ता हुने कार्यक्रम रहेको छ । पौडेले मंगलबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal