काठमाडौँ । आर्थिक अभावका कारण लिला रावलको मृगौला प्रत्यारोपणमा समस्या देखा परेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका ६ तोली घर भएकी २५ बर्षीय लिला विगत तीन बर्षदेखि मृगौला रोगबाट पीडित थिइन् ।
काठमाडौँस्थित वीर अस्पतालमा उपचाररत लिलाका अहिले दुबै मृगौलाले काम गर्न छोडेपछि चिकित्सकहरुले पत्यारोपणको सुझाव दिएका हुन् ।
सोही नगरपालिका- ७ पुल्लेतोला माइती घर भएकी लिलाले विवाह गरेको केही समयभित्रै रक्तचापको शिकार भएकी थिइन् । विगत तीन बर्षदेखि उपचाररत लिलाका मृगौलाले काम गर्न छोडेपछि चिकित्सकहले पत्यारोपण सुझाव दिएका छन् । चिकित्सकको सल्लाहअनुसार लिलालाई मृगौला दिन आम नौरता रावल तयार भएपनि आर्थिक अभावका कारण सम्भव भएका छैन । लिलाका पति धनबहादुर विष्टले एक सार्वजनिक अपील गरेर आफ्नो जीवनसंगिनीलाई असहयोग गरेर बचाई दिन आग्रह गरेका छन् ।
“डाक्टरको सल्लाहअनुसार तत्कालै बिरामीको मृगौला प्रत्यारोपण गर्नु अनिबार्य छ। आमाले छोरीलाई मृगौला दानगरी बचाउन तयार हुनुभएको छ । मृगौला दानगरी छोरीलाई बचाउने इच्छा र उच्च साहससहित प्रत्यारोपण को प्रकृया सुरु गरी एउटा चरण पार गरिसकेका छौं, प्रक्रिया सकारात्मक गतिमा अघि बढिरहेको व्यहोरा समेत अबगत गराउन चाहान्छौं। तर, आर्थिक व्यवस्थापन महत्वपूर्ण हुनेरहेछ। यो पाँच बर्षको अवधिमा करिब २५ लाख खर्च भइसकेको छ। यहासम्म आउँदा आफूसंग भएको रकमका अतिरिक्त धेरैजसो आफन्त छिमेकिहरुबाट समेत सापटी लिइ काम चलाइ सकेका छौं। अब हामीसँग अन्य कुनै पनि स्रोत नरहेको समेत जानकारि गराउन चाहान्छौं। मेरो जीवनसाथीलाई बचाउन सानो सहयोगको अपेक्षा गरेका छु” लाईले अपीलमा लेखेका छन् ।
विष्टले आफ्नो क्षमताअनुसार आर्थिक सहयोगको लागि अपील गरेका छन् ।
सहयोग गर्न चाहनेहरुको लागि
खाता न :- 017011090000931
नाम :- Lila Rawal
बैंक :- Sanima Bank Ltd (नेपालगन्ज शाखा )
Direct fone pay गर्न चाहानेहरुका लागि 9762260635 Sanima Bank Ltd Selected गर्नु होला।)
QR गर्ने हरुका लागि Scanner समेत यस सङ्गै समाबेश गरिएको छ।
अन्य जानकारिका लागि सम्पर्क न 9868125586 whatsApp no 9868125586