आज :

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल मंगलबारदेखि

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान बोलाएको मुख्य दलका प्रमुख सचेतकहरूको बैठकमा दलहरूले अध्ययनका लागि समय माग गरेपछि विनियोजन विधेयकमाथिको छलफल मंगलबारदेखि मात्रै प्रारम्भ हुने भएको हो ।

आइतबार बोलाइएको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची तोकिएको थियो । तर विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययन गर्नुपर्ने भन्दै दलहरूले समय मागेका थिए ।

बैठकमा उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका सचेतक सुशिला थिङ, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायत उपस्थित थिए ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal