आज :

वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म : पुन

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले वर्तमान दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्म अगाडि बढाउने बताएका छन् । रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बजेटमाथिको टिप्पणी सुन्दा सरकार कमजोर हुने र गठबन्धन टुट्ने कुरा आएको भन्दै यो गठबन्धन नटुट्ने बताए ।

उनले भने, ‘बजेटको बारेमा आएको टिप्पणी सुन्दा यो सरकार कमजोर हुन्छ कि, गठबन्धन टुट्छ कि भन्ने कुरा आउँछ तर त्यो होइन । यो गठबन्धन हामी आगामी निर्वाचनसम्म लाने परीक्षण गर्ने र मुख्य सर्त के हो भने देशलाई एउटा आशा जगाउने, जनतामा अलि निराशा छाएको जस्तो छ ।’

उनले विचार एउटै भएन भने छोटो समयको लागि मात्र सहयात्री हुने भन्दै देशमा एउटा आशा जगाउनको लागि सोच मिल्ने नयाँ गठबन्धनका साथ सरकार अगाडि बढ्ने बताए ।

उनले भने, ‘अहिले जुन नेपालको राष्ट्रिय राजनीति छ, हामी राष्ट्रिय शक्तिहरु एकै ठाउँमा बसेर राष्ट्र निर्माणको कामलाई अगाडि लैजाउँ भनेर पछिल्लो समयमा एउटा नयाँ अभ्यास सुरु भएको छ । हामीले गठबन्धन गरेर निर्वाचन पनि लड्यौं, सरकार पनि बनायौं, तर त्यसैबाट मात्र के देशको निर्माण सम्भव छ । त्यसमा विचार पनि एउटै हुनुपर्छ, विचार एउटै भएन भने छोटो समयको लागि मात्र सहयात्री हुन्छ । त्यसकारण अहिले सोच मिल्नेहरुसँग नयाँ गठबन्धन भएको छ र यो सरकार र गठबन्धन अगाडि बढाउने र यसले देशमा एउटा आशा जगाउने । अलि अलि समस्या भए पनि यो गठबन्ध अगाडि बढ्नु पर्छ र बढ्छ यो हाम्रो प्रतिबद्धता हो ।’

देशलाई आत्मनिर्भर बनाउनका लागि रुपान्तरणकारी क्षेत्र कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्नेतर्फ सरकार लागेको पनि उनले दाबी गरे ।

उनले भने, ‘कृषि क्षेत्र रुपान्तरणकारी हुन्छ, आधारभूत रुपमा खानको लागि पहिला देश आत्मनिर्भर हुनुपर्यो, त्यसो हुँदा कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, व्यवसायिकरण गर्ने, त्यसको लागि के गर्ने भन्दा हामी करार खेतीलगायत धेरै अवसरहरु छन् ।’

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal