आज :

ग्रेटर नेपालको नयाँ नक्साः कालापानी क्षेत्र सरकारले भारतलाई बुझाउन लागेको हो ?

  • अनलाइन डबली

काठमाडौं । ३,३४,२५० वर्ग किलोमिटर क्षेत्रफल भएको ग्रेटर नेपालको नक्साको पाँचौँ संस्करण सार्वजनिक गरिएको छ । आईतबार काठमाडौंको संवाद डबलीमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नक्सा सार्वजनिक गर्दै सरकारले कालापानी,लिपुलेकसहितको भूमि भारतलाई बुझाउन लागेको आशंकासमेत गरेका छन् ।

अध्यक्ष नेपालले सरकारले आँट गरेको खण्डमा तत्काल नभए कनै परिस्थितिमा गिुमेको सम्पूर्ण नेपाली भूमि आफ्नै जीवन कालमा फिर्ता भएको देख्न पाउने विश्वास व्यक्त गरे ।

 

यस अघिको नक्सामा पूर्वमा टिष्टा नदी र पश्चिममा सतलज नदीसम्म (२०४,९१७ वर्ग किलोमिटर) अङ्कित भएको र यस नयाँ नक्सामा पूर्वमा ब्रम्हपुत्र नदी र पश्चिममा रावी नदी अङ्कित भएको तथ्यसहितको (१२९,३३३ वर्ग किलोमिटर) थप गरि ३३४,२५० वर्ग किलोमिटर क्षेत्रफल रहेको दाबि अध्यक्ष नेपालको छ ।

इण्डियाली प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड भारतको नक्सा जारी गरेपछि आफूहरुले पनि ग्रेटर नेपालको नक्सा जारी गर्नुपर्नेमा त्यो आँट कसैको नभएको आरोप लगाए । आफूहरुले विगत ६ महिनादेखि लगातारको अध्ययन र खोज गरि तथ्यपूर्ण थप भूमिसहितकोे पाँचौं संस्करणको नयाँ नक्सा सार्वजनिक गरेको अध्यक्ष नेपालले दाबि गरे ।

इण्डिया र ब्रिटिस इतिहासकारहरुले जानाजान नेपाली भूमि अभिलेखिकरण छुटाए पनि यसमा नेपाली इतिहासकारहरु पनि चुकेको उनको आरोप छ । नेपालसँग सुगौली सन्धि गर्ने ब्रिटिस सरकारले इण्डिया छाड्दा नेपाली भूमि स्वत फिर्ता भएको बताउँदे अध्यक्ष नेपालले भने,“प्रष्टसँग नेपाली भूमि फिर्ता हुने भनेर उल्लेख गरेको कानुनी आधार हुँदाहुँदै पनि हाम्रा शासकहरु चुइँक्क बोल्दैनन् ।”

अध्यक्ष नेपालले सुगौली सन्धि भएको १२९ वर्षपछि र ब्रिटिसले भारतिय उपमहाद्वीप छाडेर गएको अहिले ७५ वर्ष पुगिसक्दा पनि नेपालले आफ्नो भूमि फिर्ताको पहल नगर्नु दुर्भाग्यपूर्ण भएको बताउँदै भने,“इण्डियाले गोवा, चीनले मकाउ र हङकङ लिन सक्छ भने हामीले ब्रम्हपुत्रदेखि रावी नदीसम्मको भूमि लिन किन नसक्ने ?”

सो कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ११ का अध्यक्ष हिरालाल तण्डुकारले गुमेको भूमि फिर्ता ल्याउने अभियानमा आफ्नो साथ रहेको र फणिन्द्र नेपालको राष्ट्रवादी छविको प्रशंसक रहेको पनि बताए । तण्डुकारले मेयर बालेन साहले जस्तैः हरेक नेपालीले आफ्नो कार्यकक्षमा नक्सा राख्ने हिक्मत गर्नुपर्ने पनि बताए । कार्यक्रममा बिशाल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चेतन ओलीले सो अभियानलाई थप प्रभावकारी बनाएर लग्नु पर्ने धारणा राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal