आज :

एनआरएनएद्वारा संवाद डबलीका अध्यक्ष रावल र रातोपाटीकर्मी सिग्देललाई सम्मान

  • अनलाइन डबली

काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए)ले संवाद डबलीका अध्यक्ष तथा अनलाईन डबलीका प्रधान सम्पादक दिपेन्द्र रावल र रातोपाटीका समाचार सम्पादक राजकुमार सिग्देललाई सम्मान गरेको छ ।

राजधानी काठमाडौंमा एनआरएनएको वार्षिक साधारण सभामा संघका संरक्षक शेष घले र संघका अध्यक्ष विनोद कुँवरले सम्मान पत्र प्रदान गरेका थिए ।

भूकम्पको उद्दार तथा राहत वितरण र संघका गतिविधीलाई आमजनतामाझ पुर्याउन भूमिका खेलको भन्दै एनआरएनएले रावल र सिग्देललाई सम्मान गरेको अध्यक्ष कुँवरले बताए ।

संरक्षक घलेले संघलाई यहाँसम्म पुर्याउन संचार माध्यमको महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगमी दिनमा पनि यस्तै सहकार्य हुने अपेक्षा गरेको बताए । एनआरएनएको भूमिका उजागर गरेकोप्रति धन्यवाद दिद अध्यक्ष कुँवरले आगमी दिनहरुमा यस्तै भूमिका रहने विश्वास रहेको बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal