आज :

अबको ४० देखि ४५ दिनमा राष्ट्रिय ख्रिष्टियन महासंघले नयाँ नेतृत्व पाउँछः उद्धव चिमोरिया

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका कार्यबहाक अध्यक्ष उद्धब प्रसाद चिमोरियाले अब ४० देखि ४५ दिनमा आफूहरुले नयाँ नेतृत्व ल्याउने गरेर काम गरिरहेको बताएका छन्

। हालै राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी पूर्वअध्यक्ष चरिबहादुर(सिबी) गहतराजले विगत लामो समयदेखि माहासंघलाई अनिर्णयको बन्दी बनाएकोले बहुमत सदस्यहरुले अधिवेशनको तयारी गरेको बताए ।

आफ्रनै समुदायका सदस्यहरुलाई मुद्धा हाल्नेदेखि लिएर आफ्नो भनेको नमान्नेहरुलाई हतोत्साहित गर्न विभिन्न हत्कण्डा अपनाएकोले आजित भएर पूर्व अध्यक्ष गहतराज विरुद्ध जानु परेको बताएका छन् । ‘ख्रिष्टियन समुदायको लागि केही गर्छुँ भने र ७० बर्षको अग्रज र पत्रकारलाई समेत मुद्धा हाल्ने सिवी जी निकै तल गिर्नु भयो’ चिमोरियाले भने ।

आफूहरुले सबा एक महिनामा गहतराजको विकल्पमा नयाँ अध्यक्ष ल्याउन तिब्रगतिमा देशभरी अधिवेशनसमेत गरिरहेको र धेरै वटा जिल्लाहरुमा सम्मपन्न गरिसकेको जानकारी दिएका छन् ।

त्यसैगरी हालै बारा जिल्लाको कोल्हवी नगरपालीका वडा नम्बर ५ स्थित रामवन गाउँमा सुतिरहेको अवस्थामा धर्म प्रचारको आरोपमा ७ जना अष्ट्रेलियन र ४ जना नेपालीलाई प्रहरी प्रशासनले गिरफ्तार गरेकोप्रति आफूहरुको गम्भिर ध्यानकार्षण भएको पनि बताए ।

कार्यबाहक अध्यक्ष चिमोरियाले नेपालको संविधान २०७२ ले नेपाल धर्म निरपेक्ष राष्ट्र भएको र सबै धर्महरुलाई समान अधिकारको प्रत्याभूति गरेपनि त्यसको बर्खिलापमा प्रशासन जानु दुःखत भएको भन्दै चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal