आज :

ख्रिष्टियन महासंघको चेतावनीः धर्म प्रचारको झूटो आरोपमा गिरफ्तार भएकालाई रिहा नगरे कडा अन्दोलन

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले धर्म प्रचारको झूटो आरोपमा गिरफ्तार गरिएका ख्रिष्टियन धर्मका अनुयायीहरुलाई सरकारले तत्काल रिहा नगरे कडा आन्दोलन् गर्ने चेतावनी दिएको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी संविधान विपरित धार्मी द्वन्द निम्त्यिाउने सरकारी रवैया सैय नभएको समेत जनाएको हो ।

मंगलबार बारा जिल्लाको कोल्हवी नगरपालीका वडा नम्बर ५ स्थित रामवन गाउँमा सुतिरहेको अवस्थामा धर्म प्रचारको आरोपमा ७ जना अष्ट्रेलियन र ४ जना नेपालीलाई प्रहरी प्रशासनले गिरफ्तार गरेकोप्रति महासंघले आफ्रनो गम्भिर ध्यानकार्षण भएको बताएको छ । प्रशासनले गरेको गलत रवैयाको कारण देशको बदनाम हुने र धार्मीक सद्भाव खल्बलीनेमा चिन्ता व्यक्त गरेको छ ।

महासंघका कार्यबाहक अध्यक्ष उद्धव प्रसाद चिमोरियाले नेपालको संविधान २०७२ ले नेपाल धर्म निरपेक्ष राष्ट्र भएको र सबै धर्महरुलाई समान अधिकारको प्रत्याभूति गरेपनि त्यसको बर्खिलापमा प्रशासन जानु दुःखत भएको भन्दै चिन्ता व्यक्त गरे । चिमोरियाले महासंघ लामो समयदेखि अनिर्णयको बन्दी भएको र त्यसको मुख्य दोषी पूर्व अध्यक्ष सिबी गहतराज नै भएको आरोप लागएका छन् । आफूहरु बहुमत सदस्यहरुसहितको निर्णय अनुसार अधिवेशनमा जानका लागि सिडियो कार्यालयमा अनुमतिको लागि पत्र पेश गरे पनि गहतराजले नै भाँडीरहेको आरोप लगाए ।

महासंघ सह–अध्यक्ष तुलसी प्रसाद श्रेष्ठले पूर्व–अध्यक्ष सिबी गहतराजले महासंघको नीति र विधी विपरित गएर कमिटी विस्तारका नाममा समुदायलाई भ्रम फैलाई रहेकोप्रति रोष व्यक्त गरे । आफूहरुले नयाँ नेतृत्व र निकास दिन महाधिवेशनको लागि अगाडी बढीरहँदा गहतराजले गलत प्रचार गरेको बताउँदै भने,“मर्ने बेला हरियो काँक्रो’ भने झै गहतराज जी महासंघबाट आफू सकिदै गर्दा सातै प्रदेशमा नयाँ संयोजक तोक्ने नाटक मञ्चन गरिरहनु भएको छ, जुन नीति र विधि विपरित हो कि होईन ?”

महासचिव ज्ञानेन्द्र राज सापकोटाले धर्म निरपेक्ष राष्ट्रमा संविधानको उल्लङघन गरी आफ्नो समुदायका व्यक्तिहरुलाई गिरफ्तार गरेको भन्दै आक्रोषा व्यक्त गरेका छन् । सापकोटाले अल्प संख्यक धार्मिक समुदायमाथि शक्तिको दूरुपयोग गरी ख्रिष्टियनहरुलाई धर्म प्रचारको झूटो आरोपमा धार्मीक सहिष्णुतामाथि खलल पुर्याएको आरोप लगाउँदै गिरफ्तार भएकाहरुलाई तत्काल रिहा नगरे कडा आन्दोलनको चेतावनी दिएका छन् ।

उपमहासचिव उपेश नौवागले महासंघलाई अनिर्णयको बन्दी बनाई राख्न पूर्व अध्यक्ष गहतराजले भ्रमको खेति गरिहेको आरोप लगाए । आफूहरुको बहुमत हिस्साले निकासका लागि अगाडी बढीरहेको बताउँदै भने,“सिबी जी, ठूटे राजा जस्तैः चुरिफूरी नगर्नुस बरु हिक्मत भए चुनावमा आउनुस, जितेर महासंघको राजै बन्नुस, अनावश्यक हल्ला गर्दै भ्रम छर्दै हिँड्न बन्द गर्नुस ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal