आज :

राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको बिस्तारित बैठक सम्पन्न, सातै प्रदेशमा तोक्यो जिम्मेवारी

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल केन्द्रीय समितिको विस्तारित बैठकले देशका सात वटै प्रदेशमा प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ । सोमबार राजधानीको संवाद डबलीमा सम्पन्न भएको सो बैठकले प्रत्येक मण्डलीमा सचेतना तथा स्थानिय तहसम्म संगठन विस्तार गर्ने समेत निर्णय गरेको छ ।

विस्तारित बैठकपछि गरिएको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष सिबी गहतराजले “हाम्रो अभियान, नेपाली ख्रिष्टियन समुदायको स्वाभिमान र पहिचान” भन्ने मुल नारालाई सार्थक बनाउन प्रत्येक विश्वासी एकजुट भएर लाग्न निर्देशन दिए । अध्यक्ष गहतराजले नेपालभित्र साथै विश्वभरी छरिएर रहेका नेपाली भाषी ख्रिष्टियन समुदायको हक हितको लागि आफूहरु सधै प्रतिबद्ध रहने बताए ।

सह–अध्यक्ष सुजना बस्नेतले नयाँ जिम्मेवारी पाउने सबैलाई बधाई तथा शुभकामना दिँदै पछिल्लो समयमा महासंघप्रति बजारमा अनावश्यक होहल्ला र गलत टिकाटिप्पणीहरुप्रति कोही पनि भ्रमित नहुन समेत आग्रह गरिन् ।

विस्तारित बैठकका निर्णयहरु सार्बजनिक गर्दै महासचिब एल.एम.जेम्स आलेले नयाँ परिस्थिति अनुसार ख्रिष्टियनहरु चल्नु पर्ने र आफ्नो धर्मशास्त्रले निर्देशित गरेका मूल्य, मान्यता र आदर्श विरुद्ध कोही पनि जान नहुने बताए । आलेले सात वटै प्रदेशमा संयोजकको जिम्मेवारी पाएका प्रतिनिधीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आफ्नो काम कर्तब्यप्रति निष्ठावान भई अघि बढ्न निर्देशन समेत दिए ।

महासंघका कानुनी सल्लाहकार अधिवक्ता चेत बहादुर आलेले महासंघ अध्यक्षको विषयमा गलत तथा भ्रामक प्रचारबाजी भइरहेको प्रति कोही पनि अल्मलिन नहुने बताउँदै भने,“महासंघको विधि–विधान र महाधिवेशनद्वारा निर्वाचित चरिबहादुर(सिबी) गहतराज नै अहिलेसम्मको वैधानिक अध्यक्ष हुुनुहन्छ, कसैले कानून र विधान विपरित सडकबाट हल्ला गरेकै भरमा नेतृत्व फेरिदैन ।”

सो बैठकले राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल र नेपाल सरकारबीच भएको ३ बुँदे र ६ बुँदे सहमति प्रष्ट पार्दै प्रदेश र जिल्लास्तरीय भेला गरी संगठन विस्तार गर्ने निर्णय गरेको छ । महासंघको दर्शनमा रहेर बैठकले निर्दिष्ट कार्यक्रमहरुलाई कार्यान्वयनका निम्ति प्रत्येक मण्डलीमा सचेतना, जनचेतनामुलक कार्यहरु पनि गर्ने निर्णय सार्बजनिक गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal