आज :

सोमाङ गुठीमा तिर्थ थापाको रजाईः किर्ते जालसाजी गरी यसरी हत्याएका थिए करोडौंको सम्पत्ति

  • अनलाइन डबली

काठमाडौं । लतिलपुरको बज्रबाराही नगरपालिका ७,ठेचोमा रहेको सोमाङ शैक्षिक गुठी र सोद्वारा संचालित सोमाङ एकेडेमीेलाई डा.तिर्थ थापाले किर्ते जालसाजी गरी कब्जा गरोको खुल्न आएको छ । थापा पक्ष र तत्कालिन् जिल्ला शिक्षा अधिकारीको मिलेमतोमा करोडौं अनियमितता गरेको स्रोतको दाबी छ ।

२०५९ सालदेखि सो गुठी विभिन्न व्यक्तिहरुले नेतृत्व गर्दै आउने क्रममा २०६२ साल माघ ११ गतेसम्म डा. थापाले नेतृत्व गरेका थिए । उनको कार्यकाल सकिएर विधिवतरुपमा विदा भए पनि थापाले संस्थामाथि गिद्धे नजर राख्दै षड्यन्त्रलाई जारी राखेको स्रोत बताउँछ ।

थापको कार्यकालपछि २०६८ चैत्र २ गतेदेखि वैधानीक तबरबाट सोमाङ क्लब तथा सोमाङ शैक्षिक गुठीको अध्यक्ष साथै प्रमुख गुठियार भई जितबहादुर घलेको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । थापाले हरेक तौर तरिकाले संस्थामाथिको आदिपात्य जमाउनका लागि अनेक दाउपेचमार्फत घले नतृत्वको वैधानीक टिमलाई अस्तब्यस्त बनाउन कार्यालयमा तालाबन्दीसम्म गरेको पीडित पक्षको आरोप छ । यसरी पक्ष र विपक्षबीच लामो रस्साकशीपछि विवादले उग्रता लिएको पाईन्छ ।

सो विवाद मिलाउन २०६९ वैशाख १८ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा दुई पक्षबीचमा छलफल गराईएको थियो । छलफलपछि सोमाङ एक्याडेमीको सम्रचना सुधार र विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट पक्षलाईसमेत समेटी कार्य सञ्चालन गर्ने सर्तमा अध्यक्ष घलेले संस्था नविकरण गरेको जनाइएको छ ।

सो सहमतिपछि अध्यक्ष घलेले नविकरण गरि संस्थालाई चुस्त र दुरुस्त बनाई व्यवस्थापनलाई अगाडी बढाएका थिए । व्यवस्थित ढंगबाट संचालन भइरहेको संस्थामा २०६२ सालमै कार्यकाल सकिएर विदा भएका डा.थापाले विभिन्न बहाना बनाएर विद्यालयमा तालाबन्दी गरि अस्तव्यस्त बनाएको तत्कालिन् अध्यक्ष तथा प्रधानाध्यापक घले पक्षको जिकिर छ ।

त्यतिले मात्रै नपुगेर कर्यकाल नसकिदै घले नेतृत्वको विद्यालय व्यवस्थापन समितिलाई तत्कालिन् जिल्ला शिक्षा अधिकारीसँग साँठगाँठ गरि अवैधानीक बाटोबाट घलेलाई पदच्युत गरिएको घले पक्षको आरोप छ ।
‘डा.थापा पक्षले न त व्यवस्थापक न लगानीकार्ता, न त अभिभावक कोही पनि नरहेको एकपक्षिय अवैध किर्ते माइनटद्वारा पद्यमिनी प्रधानाङ्गलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरिनु घोर आपत्तिजनक कार्य भएको छ’ । पीडित घले स्रोत थप्छ ।

सो विषयमा भ्रष्टाचार छानविन गरिपाउँ भनि २०७१ मंसिर १ गते गुठिसँग सम्बन्धित निकाय समाज कल्याण परिषद र आवश्यक कारवाहीको निम्ति २०७१ भाद्र ४ गते जिल्ला प्रशासन कार्यालय ललितपुरलाई समेत सोमाङ एकेडेमीका तत्कालिन प्रिन्सिपल जित घलेले निवेदन पेश गरेको स्रोत बताउँछ ।

यस विषयमा डा.तिर्थ थापालाई फोन सम्पर्क गरी बुझ्दा, आफू अहिले सो संस्थासँग सम्बन्धित नरहेको र त्यहाँ रहँदा सम्पूर्ण कार्य वैधानिक तरिकाले रितपूर्वक गरिएको हुँदा कुनै समस्या नरहेको जानकारी दिए । डा.थापाले कुनै समस्या र असन्तुष्टि मोचन गर्न मिडियाबाजी भन्दा कानुनीबाटो अपनाउन पीडित पक्षलाई सुझाउँदै भने,“अनलाईन र युट्युबबाट बदनाम गर्न र टर्चर दिने बाटो भन्दा कानुनी उपचार खोजे भैगो नी,कसले रोकेको छ र ?”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal