आज :

ठूला मछा–ललिताबाट माधव र गिरीबन्धुबाट केपी जोगाउने,अनि कसरी हुन्छ भ्रष्टाचार अन्त्यः धुर्बलाल श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । ‘सत्य र न्यायको खोजी अभियान’का संयोजक वरिष्ट अधिवक्ता धुर्बलाल श्रेष्ठले आफूहरु उच्च अहोदामा रहेका रष्ट्रपतिसम्मलाई मुद्धा हाल्ने तयारीमा रहेको खुलासा गरेका छन् ।

हालै राजधानीको संवाद डबलीमा ‘स्वरोजगार मजदुर चालक स्वतन्त्र सघर्ष समिति’ले आयोजना गरेको कार्यक्रमा बोल्दै नेपलामा ट्याक्सी व्यवसायमा जस्तै हरेक क्षेत्रमा बिचौलिया र भ्रष्टहरुले देशलाई कंगाल बनाउन लागेकाले आफूहरुले सत्य र न्यायको खोजि अभियान चालाएको जानकारी दिए ।

व्याप्त भ्रष्टाचारलाई न्युनिकरण गर्न आफूहरुको अभियानले जेहाद छेड्ने र सामान्यदेखि देशको सर्बोच्च पदासिन राष्ट्रपतिलाईसमेत मुद्दा हाल्ने चेतावनी दिएका छन् । मुद्दाको तयारीमा जुटिरहेको जानकारी दिदै श्रेष्ठले भने,“हामीले एकआद महिनामा भ्रष्टाचारका ठूल्ठूला मुद्धा दर्ता गर्दैछौं, जसमा राष्ट्रपतिदेखि तलसम्म धेरै उदेक लाग्दा, धेरै प्रभावशाली मुद्धा जसले तपाईहलाई आश्चार्यमा पार्नेछन् ।”

श्रेष्ठले वर्तमान प्रचण्ड नेतृत्वको सरकारले सत्ता टिकाउन भ्रष्टाचारका ठूला–ठूला नाईकेहरुलाई बचाईरहेको आरोप लगाएका छन् । प्रतिपक्ष होस् चाहे सत्ता पक्ष दुबैतिरका भ्रष्टाचारीलाई हाकाहाकी जोगाएको जिकिर गर्दै भन्छन्,“ललिता निवास प्रकरणमा मुछिएका माधव कुमार नेपाल र गिरीबन्धु टि–स्टेटमा सम्लग्न केपी ओली जोगाउने अनि भ्रष्टाचार विरोधी अभियान चलाएको नाटक गर्ने, प्रचण्डको कस्तो विरोधाभाषपूर्ण चरित्र ?”

आफूहरुले पछिल्लो समयमा भ्रष्टाचार सम्मबन्धी फाइलहरुको गहन अध्ययन गरिरहेको र धमाधम तिनलाई अघि बढाउने पनि बताए । भ्रष्टाचार र अनियमितताका ठूला माछाहरुलाई शक्तिको चरम दुरुपयोग गरेर बचाएकोले ‘सानालाई ऐन,ठूलालाई चैन’ जस्तै भनाई अझैपनि चलिरहेको दाबी गरे ।

अफूरुको कोही कसैप्रति दूर्भाव र पूर्वाग्रह नभएको बरु न्याय र सत्यको खोजि अभियानमा सबैले साथ दिनुपर्ने बताउँदै श्रेष्ठले भने,“हामीहरुले गलत र झूटो बोलेको भए, टुँडिखेलमा लगरे ढुङ्गा हान्दा हुन्छ, तर दिनलाई रात पार्ने काम कानुनी राज्यमा गन छुट हुन्न ।”

लतिलता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण, १०० किलो सुन र जहलहरीलगायतका प्रकरणहरुका ठूलो चर्चा भए पनि त्यसका दोषीहरुले उचित कारबाही किन नभोगेको, ठूलो प्रश्न खडा भएको बताए । ‘अघिल्ला ठूला कण्डहरुको चर्चा सेलाउन नपाउँदै एनसेल,गिरीबन्धु टि–स्टेट निस्किए तर केही भएन मात्र विषय डाइभर्ट गर्न नयाँनयाँ कुरा ल्याइन्छ, अनि वास्तविक दोषी उम्काउने चलखेल सबैतिर चलाइन्छ, चल्न दिइन्छ, तर हामी छाड्नेवाला छैनौं ।’ श्रेष्ठले थपे ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal