आज :

अभियान्ता तारा बरालद्वारा ‘एकल महिला पुर्नविवाह तथा सामाजिक न्यायको अभियान’को घोषणा

  • अनलाइन डबली

काठमाडौं । अभियान्ता तारा बरालद्वारा ‘एकल महिला पुनर्विवाह तथा सामाजिक न्यायको अभियान’को घोषणा गरेकी छन् । शुक्रबार राजधानी काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि पुरुष एकल भएको वर्ष दिनमै कन्या केटी खोज्ने तर महिलाले एकल भएर बस्नु पर्ने सामाजिक सोच गलत भएको समेत बताईन् ।

बरालले आजकै मितिदेखि हरेक वर्ष माघ १९ गतेका दिन राष्ट्रिय पुनर्विवाहा दिवस मनाउने घोषणा समेत गरेको पत्रकार सम्मेलनमा बताईन् । बरालले पुरुष सहबासको लागि मात्रै नभएर आत्मसम्मान, अनि सामाजिक परम्परा कायम राख्न तथा सहज जीवन यापनको लागि पनि विविह गर्नु जरुरी रहेको धारणा राखिन् ।

कानुनीरुपमा पहिले भन्दा नारिहरुलाई अधिकार प्राप्त भएपनि नेपालमा धार्मिक,सामाजिक लगायतका चेतले महिलालाई अझै समस्या परिरहेकाले आफूहरुले त्यसको सहजताको निम्ति यो अभियान चालेको दाबि गरिन् ।
सो अभियानकी अभियान्ता मञ्जु पंगेनीले महिला एकप्रकारले पुरुषको दास जस्तै बन्दै आएको नेपाली समाजमा अझै पनि त्यो ह्याङग रहेको बताईन् ।

चुलो र चौकोमा सिमित गर्नेदेखि पतिको मृत्यू वा विविध कारणले सम्बन्ध विच्छेद भएपछि महिलाई हेय र अपहेलनाको दृष्टिले हर्ने हुँदा त्यसको अन्त्य यस अभियान मार्फत गर्ने दावि गरिन् । एकल महिला अब उपयुक्त पुरुषसँग सहजै विवाह गर्न सक्ने वातावरको लागि र महिला सशक्तिकरणको निम्ति पनि सो अभियान चलाएको बताईन् । उनिहरुले एकल महिलालाई २ हजा र भत्ता दिएर मात्रै पुग्दैन भन्ने सांकेतिक प्लेकार्ड पनि प्रश्तुत गरेका थिए ।

के–के गर्दछ त सो अभियानले तलको वक्तव्य हेर्नुहोस :

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal