आज :

देश रुपान्तरण गर्न माओवादीको आफैँ रुपान्तरण आवश्यक : पूर्व अर्थमन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले, देश रुपान्तरण भन्दा पहिले माओवादी पार्टी आफै रुपान्तरण हुन जरुरी रहेको बताएका छन् ।

माओवादी रुपान्तरण अभियान अन्तरगत चन्द्रागिरि २ मा आयोजित कार्यक्रममा उनले पार्टीलाई जनताको माग र आवश्यकता अनुसार रुपान्तरण गर्न र समृद्ध राष्ट्र निमार्ण गर्न अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘माओवादीले लिएको लक्ष्य प्राप्त गर्न सक्दैनौ भने यो प्राप्त भएको उपलब्धी जनताले पाएको अधिकार समाप्त हुनेछ । त्यसकारण यो अधिकारको रक्षा गर्दै त्यसको कार्यान्वयन गर्न सक्ने स्तरमा समाज, देश बनाउँन सामाजिक रुपान्तरण र देशका लागि माओवादी पार्टीको आफ्नै रुपान्तरण आवश्यक छ । ’

युवा शक्तिलाई एकीकृत गरेर समृद्ध राष्ट्र बनाउँन रुपान्तरणको अभियानका लागि पार्टीले आवश्यक पहल गर्नु पर्ने उनको भनाई छ ।

उनले भने, ‘पार्टीलाई जनताको माग र आवश्यकता अनुसार जनताले चाहे जस्तो बनाउँन र रुपान्तरण, राज्यलाई सामाजिक न्यायको अभिभावक बनाउँन, शासन प्रक्रियालाई जनमुखी बनाई सुशासन स्थापित गर्न यो अभियानको आवश्यकता परेको हो । देशलाई साधन, स्रोत र युवाहरुको शक्तिलाई एकीकृत गरेर समृद्ध राष्ट्र बनाउँन यो अभियान आवश्यक परेको हो । ’

यसको साथै उनले पार्टीलाई आवश्यक परेको नयाँ विचार निमार्ण गर्न र पार्टीभित्रको कमि कमजोरीलाई सुधार गर्ने प्रविद्धताको लागि नै रुपान्तरण कार्यक्रमको आयोजना भएको पनि बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal