आज :

देशको आवश्यकतामा ‘ब्रिटिस–गोर्खा’ बनेका हौं,नेपाली नागरिकताबाट च्यूत नगरियोस्ः तामाङ

  • अनलाइन डबली

काठमाडौं । ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताबाट बञ्चित गरिए उनिहरु राज्यबिहिन मात्रै नभएर देशलाई पनि ठूलो क्षति हुने संयोजक सुनबहादुर तामाङले बताएका छन् ।

आइतबार संवाद डबलीमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान, बेलायत/नेपाल (बीजीएनसीसीसी–यूके/नेपाल) का संयोजक सुनबहादुर तामाङले पत्रकार सम्मलेन गरेर संविधानमै ब्रिटिस गोर्खाहरुलाई नेपाली नागरिकताको सुनिश्चितता गर्नुपर्ने माग राखेका छन् ।
तामाङले कानुमै ‘कुनैपनि नेपाली नगरिकले स्वच्छाले विदेशी नागरिकता लिएमा स्वत नेपाली नागरिकता कायम रहने छैन’ भन्ने उल्लेख भएकोले ब्रिटिस गोर्खालीहरुमा पनि लागु हुने र त्यसले नेपाल र स्वयम बेलायतमा बस्ने गोर्खालीहरु दुबैलाई घाटा पुग्ने उनको जिकिर छ ।
“स्वतः खारेज हुनेछ भन्ने संवैधानिक प्रावधानमा ‘गोर्खाली र तिनका सन्ततिहरुको हकमा भने लागु हुने छैन भन्ने मात्रै उल्लेख गरेको खण्डमा हामी सम्भावित खतराबाट बच्ने थियौं” तामाङले बताए ।

तामङले विश्वभर छरिएका अरु नेपाली नगरिक र ब्रिटिस गोर्खाहरुको प्रकृति फरक रहेको धारणा राख्दै भने,“ब्रिटिस–गोर्खाहरु आफ्नो सोइच्छाले भन्दा देशको तत्कालिन आवश्यकताले ब्रिटस गोर्खामा भर्तिको प्रचलन स्थपित भएकाले राज्यले योगदानलाई बिर्सन हुँदैन ।”
नेपाली नागरिकताको निरन्तरता किन ?

फाईल फोटो

सन् १८१६को सुगौली सन्धि ताका गोर्खाहरुलाई तात्कालिन नेपाल सरकारले बेलायती सेनामा पठाउने र त्यसको बदलामा तत्कालिन इष्ट इण्डीय कम्मनीले नेपालमाथि आक्रमण नगर्ने सर्त अनुसार सो प्रचलन चलेको तामाङको भनाई छ । यसरी नेपाली नगरिकताबाट बञ्चित गराईए गोर्खाहरु राज्य बिहिन मात्रै नभएर देशमा विभिन्न क्षति हुने उनको ठहर छ । विदेशी मुद्रामा नभित्रिने र पुँजी पलायन, गोरखालीहरुको बेलायत बसाई अशुरक्षित र राज्य बिहिन हुने खतरा, गोर्खालीहरु नेपालबाट लोप हुने तथा देशले दक्ष जनशक्ति गुमाउने, गोर्खा सैनिक भाडाका सैनिक र गुलामकारुपमा परिचित हुनुका साथै त्यसेले विश्वभर बहादुर गोर्खाहरुको पहिचान खराब हुनेलगायतका सम्भावित खतराबाट जोगाउन उनिहरुलाई नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने संयोजक तामाङको बुझाई छ ।

फाईल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal