आज :

एमसीसी सम्झौता खारेज गर्न सडकमा उत्रने बेला आयोः वक्ताहरु

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी परियोजना एमसीसी नेपालमा कार्यान्वयन नभई त्यसलाई कुनैपनि हालतमा खारेज हुनुपर्ने वक्ताहरुले बताएका छन् । शनिबार काठमाडौंस्थित संवाद डबलीमा क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपालले आयोजना गरेको ‘एमसीसी खारेज वा फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने उनिहरुले सो परियोजना खारेजीको लागि हरेक नेपालीलाई सडकमा आउन आह्वान समेत गरेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले लागू मात्र नभएर अब नेपालबाट फिर्ता हुनु पर्ने धारणा राखेका छन् । नेता गजुरेलले एमसीसीको सम्झौता संससदबाट अनुमोदन गरेर दलहरुले देशका विरुद्ध ठूलो अपराध गरेको आरोप लगाएका हुन् । “जनताको दबाब र नेताहरुले अनुमोदन गर्नु गल्ति भएको महसुस गरेर कार्यान्वयन नगर्दा अमेरिकाले एमसीसी परियोजना फिर्ता लग्नु पर्छ, अन्यथा देशमा ठूलो द्वन्दको सिर्जना हुन्छ ।” नेता गजुरेलले थपे ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोस बुढामगरले सत्तामा आउने हरेक नेताले अमेरीकीहरुको योजनाअनुसार एमसीसी परियोजनालाई आत्मसाथ गरेर राष्ट्रघात गरेको आरोप लगाए । नेता बुढाले नेपालमा विदेशीहरुको रणनीति जसरी पनि नेपाललाई आफ्नो पञ्जामा राख्ने दाउ भएको जिकिर गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य हेमन्तप्रकाश ओली‘शुदर्शन’ले एमसीसीका नाममा आउने कुनै पनि सहयोग स्वीकार्न नसकिने र त्यसको कार्यान्वयनलाई अबरोध गरेरै छाड्ने उद्घोष गरे ।

सो पार्टीका अर्का नेता उदयबहादुर चलाउने‘दिपक’ले उत्तरी क्षिमेकी चीनलाई घेर्ने दीर्घकालिन् रणनीतिसहति नेपाल छिरेको अमेरीकी परियोजना एमसीसीलाई कुनै पनि हालतमा नेपालबाट विदा गर्नुपर्ने धारणा राखे ।

पूर्व जर्नेल डा.प्रेमसिंह बस्न्यातले वीर–पूर्खाहरुको ठूलो त्याग तपस्या र बलिदानीबाट निर्माण भएको एक सार्वभौम देश नेपाललाई विदेशीको खेल मौदानमा रुपान्तरण गर्न लागेको ओरोप लगाए । उनले देशमा जुनसुकै किसिमका क्रान्तिकारीहरु आए पनि उनिहरुले आफ्नो स्वार्थ पूर्तिका निम्ति देशमाथि गद्दारी गरीरहेको बताउँदै भने,“देउबा, केपी र प्रचण्डहरुले भारत र अमेरीकालाई देशको स्वाभिमान बेचिरहेका छन्, अब देशभक्तहरु चुप बस्न हुँदैन ।”

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal