आज :

को हुन् सिता दाहाल ? बाल्यकालदेखि जनयुद्ध हुँदै शान्तिकालसम्म

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहाकार सिता दाहालको निधन भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जीवनसंगिनी समेत रहेकी सिताको आज विहान निधन भएको हो ।

पार्टीका महासचिव देव गुरुङले शोक विज्ञप्ति निकाल्दै सीताको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएका छन् । उनले सिङ्गो पार्टी स्तब्ध भएको जनाएका छन् ।

को हुन् सीता ?

– कास्कीको हेम्जामा वि.सं.२०११ असार २१ गते आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट सिताको जन्म भएको थियो ।

– २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो ।

– २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध ।

– २०५२ सालबाट भूमिगत राजनीतिमा सक्रिय सिता त्यसअघि पञ्चायत कालमा लामो समय भूमिगत जीवन बिताएकी दिईन् । जनयुद्धमा सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका खेलेकी थिइन् । पार्टीका अन्तरसंघर्षमा त सिताको ठूलो भूमिका रहेका थियो ।

– शान्ति प्रक्रियापछिका माओवादी पार्टीको उतारचढाबमा हेडक्वाटरको सहयागी बन्दै आएकी सिता पछिल्ला दिनमा बिरामीका करण थला परेकी थिइन् ।

– सिताका तीन छोरी र एक छोरीमध्ये जेठी छोरी ज्ञानु र छोरा प्रकाशको यसअघि निधन भइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal