काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले पार्टीका नेता टोपबहादुर रायमाझीले अत्मसमर्पण नगरे आफैले खोजेर ल्याउन नपरोस भन्दै चेतावनी दिएका छन् । बिहिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा उनले रायमाझीलाई फरर भएर पार्टीको बदनाम नगर्न चेतावनी दिएका हुन् ।
नक्कली भुटानी शरणर्थी प्रकरणमा मुछिएका रायमाझीलाई आफ्नो पार्टीले बचाउन खोजेको भन्ने झूटो आरोपको खण्डन गर्दै भने,“हामो माउपार्टी भ्रष्टाचार विरोधी हो, पार्टीले सचिवबाट निलम्बन गरिसकेको छ,उहाँलाई अनुसन्धानमा आउनुस भनिसकेको छ, अझ पनि पार्टीलाई दोष लगाउन मिल्छ र ।”
भ्रष्टाचार गरेर देशलाई कंगाल बनाउने उच्च ओहदाका हुन् या जोसुकै दोषीलाई पनि सरकारले तान्ने र कारवाही गर्नसक्नु पर्छ, बडालले भने । अफ्ना नेताको पक्षमा नभएर सरकारको सकारात्मक कदममा रचनात्मक तथा आलोचनात्मक सहयोग गरिरहेको अध्यक्ष बडालले बतए । रायमाझीलाई लुकेर भन्दा अनुसन्धानमा सघाउन सुझाउँदै भने “टोपबहादुर रायमाझी कहाँ हुुनुहुन्छ ? किन भाग्नुभयो, पुलिससँग आत्मसमर्पण गर्नुस, निर्दोष सावित हुनुस, हैन भने अनेरास्ववियुले खोज्न नपरोस ।”
अध्यक्ष बडालले आफ्नो संगठन् पार्टीको एकोहोरो सहयोगी संगठनकारुपमा मात्रै नभएर विगतमा पनि पर्टीका गलत क्रियाकलापको खबरदारी गर्दै आएको आलोचनातमक चेत सहित चल्ने संगठन भएको दाबा गरे ।
उनले नक्कली भुटानी शरणर्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यबाद दिदै, दोषी देखिएका जो कोहीलाई पनि कारवाही गर्नुपर्ने धारणा राखे । अध्यक्ष बडालले यो प्रकरण मत्रै नभएर भ्रष्टाचार लागायत अन्य विभिन्न प्रकरणका फाइलहरु खोल्नु पर्ने बताउँदै भने,“प्रचण्ड सरकारले गरेको राम्रा कामको लागि स्यालुट र साथ हुन्छ, तर आग्रह र पूर्वाग्रह राखेर निर्दोषलाई ताने विरुद्धमा आन्दोलन गरिन्छ ।”
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली




