आज :

राष्ट्रवादी केन्द्रद्वारा बैशाख ११ गतेदेखि अनिश्चितकालिन आमहड्तालको घोषणा(भिडियो पनि)

  • अनलाइन डबली

काठमाडौं । चन्द्रबहादुर थापा नेतृत्वको राष्ट्रवादी केन्द्र नेपालले विभिन्न ७ बुँदे माग राख्दै अनिश्चितकालिन आमहड्तालको घोषणा गरेको छ । यही बैशाख ११ गतेबाट आम हड्तालको घोषणा गरिएको छ ।

सोमबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर अध्यक्ष थापाले देश र आम जनता संकटमा पर्दै गर्दा पनि सरकारले नसुनेको भन्दै भद्र अवज्ञा आन्दोलनको घोषणा गर्नु परेको बताए । उनले आमहड्ताल शान्तिपूर्ण हुने भन्दै भने, “यसअघि बारम्बार उद्योगी व्यवसायी र आमजनताका समस्या समाधानको लागि ध्यानाकर्षण गराउँदा पनि सरकारले सुनेन अब बाध्य भएर आन्दोलनमा उत्रेकाछौं ।”

अहिले शान्तिपूण आन्दोलन गरेर माग पूरा गराउने तर त्यसरी सरकारले नसुने व्यवस्थाविरुद्धको कठोर संघर्षमा जने चेतावनी थापाले दिए । देश र जनताको दूश्मन दलाल संसदीय व्यवस्था भएको भन्दै थापाले विकल्पमा जननिर्वाचित राष्ट्रपति र जनपक्षीय सत्ताको स्थापनाका लागि संघर्षमा घोषणा गरिएको बताए । सार्वजनिक यातायत व्यवसायी महासंघका प्रमुख संरक्षक होमप्रसाद अधिकारीले सत्ता र सरकारको जसले नेतृतव गरेपनि भारतीय व्यवसायीको हितमा काम गर्ने गररेको आरोप लगाए । उनले भारतीय सवारी साधनलाई नेपालमा प्रतिबन्द लगाउन माग गरे ।

राष्ट्रवादी केन्द्र नेपला सचिवालय सदस्य भुवन संगमले देश पछि पर्नु वा बारम्बार संघर्षका उपलब्धि संस्थागत नहुनमा नेता र नेतृत्व विदेशी कठपुतली हुनु मुल कारण भएको बताए । ट्रक वयवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले नेपालमा सिधै र सहजै भारतिय यातायत प्रवेश गर्नु र सरकारको स्वदेश मैत्रि नीतिको अभावले देश कंगल बन्दै गएको बताए ।

राष्ट्रवादी उद्योग व्यवसायी महासंघक अध्यक्ष हिमलाल पौडेलले विदेशीले बनाई दिएका उद्योग धन्दालाई बन्द गरेर देशलाई परनिभर बनाउने पुराना नेता र व्यवस्था अन्त्यको जरुरी रहेको बताए । राष्ट्रवादी यातायात व्यवसायी महासंघका अध्यक्ष सागर अर्यालले २८० प्रतिशत सरकारलाई ट्याक्स तिर्दा पनि यतायत व्यवसायीलाई काम गर्ने वातावरण नभएको बतउँदै भने,“हामीलाई दिउँस पुलिस र राती बैंकले तनाब दिएर दुश्मनको जस्तो व्यवहरा गर्छन ।”

ट्रक टिपर व्यवसायी महासंघका सचिवालय सदस्य आनन्द राजथला, लगनेश्वर यातायत व्यवसायी संघ ललितपुरका कार्यसमिति सदसय रामकृष्ण शाई, वरिष्ट महिला नेतृ विन्दु केसी स्थानिय नागरिकको तर्फबाट,ढुवानी व्यवसायी महासंघ, प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष नवराज भट्ट, बोलेरो, हात्ति, डिआई, ट्याक्सी तथा साना गाडी व्यवसयी तथा मजदुरको तर्फबाट सुनिल खनाल, पर्यटन यातायात व्यवसाय संस्थापक अध्यक्ष श्रीरामहरी शर्मालगायतले उक्त आम हड्ताललाई ऐक्यबद्धता जाहेर गरेका छन् ।

पत्रकार सम्मेलनमार्फत वित्तिय नीति परिवर्तन गरेर ब्याजदर ६ प्रतिशतमा कायम गर्नुपर्ने तथा ५ सय र हजारका नोटबन्दी गर्नुपर्ने । ऋणीहरुलाई सहज बनाएर व्यवसाय सञ्चालनको वातावरण तयार गर्नु पर्ने, भारतीय यातायतका साधनलाई प्रतिबन्ध, यातायात क्षेत्रमा भएका विकृति तथा विसंगति अन्त्य गर्नुपर्ने, आम जनताको आधारभूत आवश्यकता पूरा गर्नुपर्ने, नेपाललाई वैदिनक सनातन धार्मिक राष्ट्र कायम गर्नुपर्ने, प्रदेश सरकार खारेज गर्नुपर्ने, स्वदेशमा रोजगारीको ग्यारेण्टीसहित महंगी भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्नेलगायतत ७ बुँदे माग सरकारले नगरेका व्यवस्थाविरुद्ध नै कठोर आन्दोलन्मा जाने घोषणा गरेको चेतवानी दिए भद्र अवज्ञा आन्दोलन भएकाले कुनैपनि किसीमका तोडफोड, टायर बाल्ने, कार्य नहुने अध्यक्ष थापाले जानकारी दिए । पहिलो दिन राजधानीबाट सुरु हुने र दोस्रो दिनबाट देशभर विस्तार हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal