काठमाडौं । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ले माओवादी शक्तिबीचको वृहत एकतालाई विथोल्नेहरु माओवादी भित्रै हरेको आरोप लगाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा जवस घोषणा कार्यक्रमा बोल्दै उनले संकटमा एकता र सहजमा वेवास्ता गर्ने प्रवृत्ति घातक भएकोसमेत बताएका छन् ।
देशको युगान्तकारी परिवर्तनको संवाहक माओवादी विभिन्न समुहमा विभाजन हुँदा उसको योगदन र एजेण्डहरु संस्थागत हुन नसेकोले यथासक्य सबै एक ठाउँमा आउन पर्ने धारणा राखे । अध्यक्ष शुसिलले सैदान्तिक रटानको ढिपी गर्ने जडसुत्रवादी र माआवादी एकजुटताको विषयलाई सत्तामा पुग्ने भर्याङ बनाउने दक्षिणपन्थि अवसरवादी मुख्य दुई प्रवृत्तिले एकता विथोल्ने फूटवादी आन्तरिक कारण भएको जिकिर गरे । ‘देश भित्रका प्रतिगामी, प्रतिक्रियावदी संशोधनवादी र बाहिरबाट साम्राज्यवादी विस्तारवादी षड्यन्त्रले माओवादी एकतालाई रोक्न अहिलेसम्म सफल भएका छन्, त्यसलाई परास्त गर्नुपर्छ ।’ उनले थपे ।
सो कार्यक्रममा बोल्ने स्थायी समिति सदस्य द्वोय दिपक जंगम, कृष्ण खड्का, निमार्ण व्यवसायीक संयोजक मदन ढकाल, पोलिटब्युरो सादस्य सुभास लामाले माओवादीहरु विभाजित भएका कारण सामान्ति राजतन्त्रको नारा लाउने ज्ञानेन्द्रहरु शाहीहरु हाकाहाकी माओवादीलाई गालि गर्न थालेको बताए । सो कार्यक्रममार्फत नेकपा माओवादी समाजवादीले १८ वटा जनवर्गीय संगठनका नेतृत्वहरुको घोषणा गरेको छ । पोलिटब्युरो सदस्य रमेश थपलियाले अध्यक्षता गरेको कार्यक्रममा पोलिटब्युरो सदस्य मिना चन्दले स्वागत मन्तवय दिएकी थिइन् भने सञ्चालन अखिल (क्रान्तिकारी)का अध्यक्ष कपिल सिजापतिले गरेका थिए ।
घोषणा भएका जनवर्गीय संगठन र नेतृत्वहरुः
१) अखिल नेपाल समाजवादी जेष्ठ नागरिक संघ : रंगनाथ ढकाल
२) अखिल नेपाल समाजवादी मधेसी संघः विनोद उपाध्याय
३) शहिद परिवार समाज : नरेश शाही
४) अखिल नेपाल समाजवादी सांस्कृतिक संघः विहानी वि.क.
५) क्रान्तिकारी समाजवादी ट्रेड युनियन महासंघः कृष्ण खड्का
६) अखिल नेपाल समाजवादी कानुन व्यवसायी संगठनः दिपक जंगम
७) अखिल नेपाल समाजवादी बुद्धिजिबी संघः ज्ञानुमाया शाही
८) अखिल नेपाल समाजवादी निर्माण व्यवसायी संघः मदन ढकाल
९) अखिल नेपाल समाजवादी युवा संघः जागेश्वर बुढा क्षेत्री
१०) अखिल नेपाल समाजवादी निजामती कर्मचारी संघः धनवीर बुढा
११) अखिल नेपाल समाजवादी उद्योग व्यापार संघः डबले शाही
१२) अखिल नेपाल समाजवादी स्वास्थ्यकर्मी संघः उब्जन शाही
१३) थारु मुक्ति मोर्चाः भागीराम चौधरी
१४) मस्लिम मुक्ति मोर्चाः शाहिल शाह
१५) अनेम संघ–क्रान्तिकारीः मिना चन्द
१६) अनेरास्ववियु–क्रान्तिकारीः कपिल सिजापति
१७) अखिल नेपाल समाजवादी देउडा कालाकार संघः कमला धामी
१८) अखिल नेपाल समाजवादी प्रेस संगठनः भक्तराज ऐडी