आज :

सुनको मूल्य १ लाख ८ हजारः कारोबार ठप्प, आयत रोकियो

  • अनलाइन डबली

काठमाडौं। मूल्य आकाशिएपछि सुनको कारोबार घटेको छ । विवाहको लगन सुरु हुनै लाग्दा पनि सुनको कारोबार घटेपछि व्यवसायी चिन्तित भएका छन् ।

सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ पुगेको छ। मूल्य अहिलेसम्मकै उच्च भएपछि ग्राहकहरु घटेपछि कारोबार नभएको हो ।

सामान्य अवस्थामा सिजनमा दैनिक ४० किलो र सामान्य समयमा १० किलो भन्दा बढि सुन बिक्री हुने गरेको व्यवसायीहरु बताउँछन् । सुनको कारोबार घटेपछि दुई हप्तादेखि आयात रोकिएको छ ।

बैकर्स संघका अनुसार वाणिज्य बैंकहरुमा आयत गरेको सुन नै बिक्री नभएकोले आयत राेकिएको हो । चेत्र १० गतेसम्म बैंकहरुसँग १ सय ८५ किलो भन्दा बढी सुन स्टक छ।

गत पुसमा पनि सुनको माग घटेपछि सुन आयात डेढ महिनासम्म रोकिएको थियो। अहिले पनि बजारको अवस्था हेरेर सुन आयात हुने संघले जनाएको छ।

सुनचाँदी व्यवसायी महासंघले सुन बिक्री नभएको भन्दै आयत रोक्न पत्राचार नै गरेको छ । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार कारोबार ठप्पजस्तै भएको छ । उनले सुनको लागि सोधपुछ र अर्डर समेत नआएको बताए ।

यो वर्षको फागुन महिनासम्म १६ अर्ब बराबरको सुन आयात भएको छ। गत वर्षको सोही अवधिमा २८ अर्बको सुन आयात भएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal