आज :

काँग्रेसको मुक्ति सेनाले ल्याएको प्रजातन्त्र जोगाउने अब हाम्रो जिम्माः सभापति सिंह (भिडियो)

  • अनलाइन डबली

काठमाडौं । नेपाली काँग्रेस हुम्ला जिल्ला सभापति मोहन विक्रम सिंहले २००७ सालमा स्थापित प्रजातन्त्र नेपाली कांग्रेसको तत्कालिन मुक्ति सेनाको बलमा आएको र त्यसलाई जोगाउन नयाँ युवाको हात रहेको बताएका छन् । हालै नेविसंघ हुम्ला–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् ।

हुम्लाकै अदाञ्चुली गाउँपालिका अध्यक्ष समेत रहेका सिंहले नेपाली काँग्रेसको नेतृत्वमा नेपालमा धेरै परिवर्तनहरु आएको बताउँदै भने,“२००७ सालदेखि अहिलेको लोकतान्त्रिक गणतन्त्र स्थापनामा काँग्रेसको अहम् भुमिका रहेको छ । यसको संस्थागत गर्न नयाँ युवाहरुले अनुशासित भएर लाग्नुपर्छ ।”

सिंहले स्थापनाकालिन नेपाली कांग्रेसले देशको लागि ठुलो योगदान गरेको र त्यसैको जगमा आफुहरु चलिरहेको तर पछिल्ला पिँडी पार्टीको मुल्य र मान्यता भन्दा बाहिर जानु दुखको कुरा रहेको बताए ।

वर्तमान विज्ञान–प्रविधि र सूचना–सञ्चारको सदुपयोग भन्दा दुरुपयोग गरिएको बताउँदै भने,“हामी त अहिले के लडिरहेका छौं भने, एउटाले अर्कोको कुरा काट्ने, फेसबुकमा फेसबुके नेता बन्ने, नेताको घर–घरमा गएर म भन्दा ठुलो नेता कोही पनि छैन भन्ने गरिरहेका छौं जुन सुधार्नुपर्छ ।” अहिलेको नेपाली कांग्रेसले कसले सबैभन्दा बढी नेताको विरोध गर्यो त्यो नेता बन्ने प्रचलन रहेको छ । यो अनुशासनहिनता हो, उनले अगाडी थपे ।

सिंहले विगत लामो समयदेखि नेपाल विद्यार्थी संघ एउटा केन्द्रिय अध्यक्षमा मात्र सिमित रहेको र त्यस्तो कमिटीले स्ववियु चुनावमा राम्रो परिणाम नआउने बताए । स्ववियु चुनाव हुनुभन्दा अगाडी नेपाल विद्यार्थी संघ केन्द्रिय कमिटीको पुनर्गठन हुन जरुरी रहेको र त्यसपछि मात्र स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा राम्रो नतिजा आउन सक्ने उनको धारणा छ ।

आगामी स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई भव्य रुपमा सम्पन्न गर्न र अधिकतम हुम्लाका विद्यार्थीलाई स्ववियुमा ल्याउन पूर्व तयारीमा जुट्न आग्रह गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal