आज :

रिक्सा चलाएर ७७ वटै जिल्ला पुगेका गंगालाल श्रेष्ठद्वारा राष्ट्रपति पदमा उम्मेदवारी घोषणा

  • अनलाइन डबली

काठमाडौँ । नेपाल नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठले राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर श्रेष्ठले देशमा शान्ति र स्थिरताको लागि आफूले राष्ट्रपतिमा उम्मेदवारी दिन लागेको बताए ।

पत्रकार सम्मेलनमा श्रेष्ठले नेपाली जनताले देशले राजनीतिक निकास पाएको र समृद्ध नेपाल भएको देख्न चाहेपनि केही राजनीतिक पार्टीका कारण त्यो सम्भव नभएको बताए । उनले देशको अस्मितामाथि गिद्दे नजर लगाएकाहरुलाई परास्त गर्न र उन्नति र प्रगतिमा जान नदिनविरुद्ध आफ्नो उम्मेदवारी भएको बताए । उनले आफूले देशको समृद्धिको अभियानमा लाग्दा ज्यान मार्ने धम्की समेत आएको समेत बताए ।

रिक्सा चलाएर पत्रकार सम्मेलनस्थल पुगेका श्रेष्ठले देशमा शान्ति र समृद्धिको नारा बोकेर २०७८ फागुन २८ गतेबाट ७७ वटै जिल्लामा रिक्सा यात्रा गरेको जानकारी गराउँदै आफूलाई राष्ट्रपति चुनावामा सहयोग गर्न दलहरुलाई अपील समेत गरे ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “देशमा दिगो शान्ति स्थापनाको कामना गर्दै २०७८ साल फागुन २८ गतेका दिन श्री चन्डेनी मा.वि. तिमल्सिना गाउँको प्राङ्गणबाट एकजोडी परेवा उडाएर आफैंले रिक्सा चलाउँदै ७७ जिल्लाको रिक्सा यात्रामा निस्किएको थिएँ । कतिखेर मारिनेछु थाहा छैन, त्यसैले मारिनुपूर्व देशबासीको नाउँमा महत्वपूर्ण कुराको सन्देश दिन आगामी २०७९ साल फाल्गुन २५ गते हुन लागेको राष्ट्रपति पदको लागि उम्मेद्वार दिने निर्णय गरेको छु । त्यसको लागि उम्मेद्वारी दर्ता गराउन प्रस्तावक र समर्थक आवश्यक पर्ने भएको हुनाले २०७९ साल फाल्गुन १३ गते हुने राष्ट्रपति उम्मेद्वारको लागि मनोनयन दर्ता गराउनको निम्ति संसदीय दलको मान्यता प्राप्त गर्नु भएको दल र माननीय संघीय सांसद एवं प्रदेश सांसद ज्यूहरु समक्ष मलाई राष्ट्रपतिको पदमा उम्मेद्वारी दिन प्रस्ताव र समर्थन सहित आवश्यक सहयोग गरी दिनु हुन् यसै पत्रकार सम्मेलनमार्फत अपिल गर्दछु ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal