आज :

‘समाजवादको लागि पहिला माओवादीहरुबीच एकता आवश्यक’

  • अनलाइन डबली

काठमाडौँ । समाजवाद स्थापनाको लागि विचार मिल्ने कम्युनिस्टबीच एकता तथा ध्रुविकरण हुन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले त्यसको लागि सुरुमा साझा मंच बनाएर बहस र छलफल गर्न समेत तयार हुनुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले आत्मसमिक्षासहित सबै कम्युनिस्ट एक ठाउँमा नआएसम्म समाजवादमा पुग्न नसकिने बताए । उनले समाजवादको लागि छलफल र बहस गर्न साझा मंच बनाउन आवश्यक रहेको समेत बताए ।

शुक्रबार संवाद डबलीमा नेकपा माओवादी समाजवादीले आयोजना गरेको ‘समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महराले माओवादी विभाजनमा विदेशी शक्तिहरुको पनि हात रहेको बताएका छन् । आफूहरुका कमजोरी बताउँदै महराले विदेशी शक्तिहरु माओवादीलाई निशस्त्रीकरण, आकार घटाउन र घृणा पैदा गर्ने अभियानमा लागेको र त्यसमा सफल भएको समेत बताए ।

माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले माओवादी नेताहरुले दुई बाटो हिडेको र दुबै बाटोबाट गन्तव्यमा पुग्न नसकेको बताए ।

“एकथरी माओवादी नेताहरु एम्बुसको बाटोमा हिडे र एकथरी त्यसलाई छल्नुपर्छ भन्दै संसदको बाटोमा । किरण–विप्लव पनि आफू हिडेको बाटोमा अगाडि बढ्न सक्नुभएन । हामी पनि दलदलमा फस्यौं । सबैले आआफ्ना आत्मसमिक्षा गर्न जरुरी छ” महराले भने ।
कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले अहिलेको व्यवस्थाकै निरन्तरताबाट समाजवादमा पुग्न नसकिने भन्दै क्रमभंग आवश्यकता रहेको बताए । उनले परिवर्तनको लागि एकता हुनुपर्नेमा जोड दिए ।

बास्तोलाले नेपालको संसदीय व्यवस्था निरंकुश रहेको बताउँदै दलाल पुँजिवादबाट पुँजिवादमा पुग्नलाई पनि आन्दोलन आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का नेता परि थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्य, नेकपाका केन्द्रीय सदस्य चिरन पुन, राजु कार्की, जागृत रायमाझी, अरुण गुरुङलगायतले वैज्ञानिक समाजवादीको लागि विभाजित माओवादी शक्तिहरु नयाँ शिराबाट एकठाउँमा आउनु आजको आवश्यकता रहेको बताएका बताएका थिए ।

कार्यक्रममा नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले कार्यपत्र प्रस्तुत गरेका थिए भने तिलक थापा मगरले कार्यक्रम संचालन गरेका थिए ।

बुढाथोकीले प्रस्तुत गरेको कार्यपत्रका मुख्य बुँदाहरुः

१. समाजवाद मान्ने कम्युनिष्ट पार्टीहरुको समाजवादी सम्मेलन आयोजना गरि मिल्ने विषयमा साझा धारणा बनाउने, पहिलो चरणमा माओवादी पार्टी र शक्तिहरु बिच, त्यसपश्चात अन्य कम्युनिष्ट पार्टी र शक्तिसंग एकता धुर्विकरण प्रकृया अघि वढाउन सकिन्छ ।

२. राष्ट्रियता जनतन्त्र र जनजिवीकाको सवालमा साझा धारणा बनाई संयुक्त आन्दोलनको कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

३. स्थानीय तहमा कम्युनिष्ट पार्टीले जितेका स्थानमा समाजवादको कार्यक्रम लागु गर्न सकिन्छ ।

४. १६ वर्षदेखि ४० वर्षभित्रका युवा नेतृत्वको विकासको लागि वडादेखि केन्द्रसम्म अनिवार्य ५० प्रतिशत पुर्याउने निती अवलम्वन गर्नुपर्दछ ।

५. संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्न निरन्तर आन्दोलन गर्ने र यसमा अग्रगामी वामपन्थीहरु प्रगतिशिल संग संयुक्त मोर्चा कायम गर्न सकिन्छ ।

६. सरकार सडक र सदनलाई प्रभावकारी बनाउन समाजवादी पार्टीहरुको एक राष्टिय सरोकार समिति गठन गरि ठोस योजना तय गर्न सकिन्छ ।

७. कार्यक्रमिक रुपरेखाको हकमा पहिलो चरण फाल्गुण १ गते सम्म आपसी समझदारीमा दिर्घकालीन र अल्पकालीन कार्यक्रम घोषणा गर्न सकिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal