आज :

प्रभु बैंक र डिस मिडिया नेटवर्कबीच सेवा विस्तार तथा आकर्षक छुट उपलब्ध गराउने सहमति

  • अनलाइन डबली

काठमाडौँ । प्रभु बैंक लिमिटेड र डिस मिडिया नेटवर्क लि.बीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्ने ग्राहकहरुले डिस होम टी.भीÞ र डिस होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन् भने डिस मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी, डिलर तथा ग्राहकहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने बिभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका निक्षेपकर्ताहरु तथा डिस मिडियाका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनेमा बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal