आज :

विदेशमा रहेका सन्दीपमाथि प्रहरीले सुरू गर्यो निगरानी, कहिले कसरी ल्याउँछ नेपाल ? यस्तो छ तयारी

  • अनलाइन डबली

काठमाडौँ । १७ वर्षीया नाबालिगमाथि बला त्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीपविरूद्ध बलात्कार जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको छ।

भदौ ५ गते मध्यराती काठमाडौं-९ सिनामंगलस्थित एक होटलमा पुर्‍याएर सन्दीपले आफूमाथि पटक-पटक बलात्कार गरेको भन्दै १७ वर्षीया ती किशोरीले गौशालामा जाहेरी दिएकी छन्। त्यसअघि उनीहरू भक्तपुरको नगरकोट पनि पुगेको देखिएको छ।

प्रहरीले घटनाको मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने र बयान लिने काम पनि अगाडि बढाएको छ। प्रहरीले काठमाडौं र नगरकोटमा बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ।

बुधबार कागजी कामहरू सकाएर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी माग्ने प्रहरीको तयारी छ। अनुसन्धान भइरहँदा विदेशमा रहेका सन्दीपलाई कसरी नेपाल ल्याइन्छ?

लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्। क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन। उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ।

सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ। मंगलबार प्रहरी वृत्त गौशालामा उनी

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले प्रमाण संकलन भएपछि सन्दीपलाई लिग सकिनुअघि नै नेपाल ल्याउन प्रक्रिया थाल्ने/नथाल्ने निर्धारण हुने बताए।

‘अहिले हामीले मुद्दा दर्ता गरेर प्रमाणहरू संकलन गरिरहेका छौं। त्यो सकेपछि कसरी अगाडि बढाउने भन्ने टुंगो लाग्छ,’ उनले भने।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले सन्दीप लामिछानेमाथि निगरानी थालिसकेको बताए। सामान्य रूपमा बोलाएर आउने सम्भावना पनि न्यून भएको उनी बताउँछन्। नेपाल ल्याउन प्रहरीले अन्तर्राष्ट्रिय प्रहरीसँग औपचारिक/अनौपचारिक रूपमा काम गर्ने बताए।

‘आरोप पुष्टि हुने प्रमाणहरू बलियो भएमा त्यहाँको स्थानीय प्रहरीलाई अनुरोध गरेर पनि ल्याउन सक्छौं। अर्को इन्टरपोलमार्फत् पनि पक्राउ गर्न सक्छौं,’ उनले भने, ‘नेपालमा भएको भए प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्थ्यो। विदेशमा भएको हुनाले कानुनी प्रक्रिया पुर्‍याएर जान्छौं।’

अनुसन्धान अधिकृतले अनुसन्धान गर्दै जाँदा आवश्यक परेमा इन्टरपोलमार्फत् पक्राउ पुर्जी जारी गर्न सकिने उनले बताए। इन्टरपोलबाट पुर्जी जारी गर्न पनि अदालतको अनुमति माग्नुपर्छ।

उनलाई विभिन्न माध्यमबाट पक्राउ गरी नेपाल ल्याउन सकिने भए पनि कहिले ल्याउने भन्ने टुंगो लागेको छैन। प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ। एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर उनको स्वास्थ्य परीक्षण गरिएको हो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal