आज :

अन्तत : पर्यटनमन्त्री श्रेष्ठले थुनाएका सुरक्षा गार्ड गुरुङ गृहमन्त्री खाँणको पावरमा रिहा

  • अनलाइन डबली

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् ।

सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

उनले भने, ‘जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा हेरेर साधारण तारेखमा छाड्न आदेश दिएको छु ।’ लगत्तै उनलाई थुनामुक्त गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले उनलाई छाड्न भन्दै प्रजिअ रिजाललाई निर्देशन दिएका थिए ।

गृहमन्त्रीको सचिवालयबाट यसबारे सूचना सार्वजनिक भएलगत्तै पर्यटन मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर उनलाई छाड्न भन्दै पर्यटनमन्त्रीले गृहमन्त्रीलाई भनेको बताएको थियो ।

शुक्रबार पक्राउ परेका गुरुङलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति लिएको थियो । तर सुरक्षागार्डले कर्तव्य पालना गर्दा उल्टै थुनाएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ ठमेलस्थित छाया सेन्टरमा श्रीमतीलाई लिएर दलबलसहित पुगेका थिए । क्यानाडामा हुन लागेको आईकाओको कार्यक्रममा लागि मन्त्रालयका ६/७ जनासहितको टोली बायोमेट्रिक दिन छाया सेन्टरमा पुगेको थियो ।

त्यसक्रममा ‘गरुड सेक्युरिटी’ अन्तर्गत कार्यरत सुरक्षागार्ड गुरुङले उनीहरुलाई लाइनमा आउन भनेका थिए । तर एकजना प्रत्यक्षदर्शीका अनुसार पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजेका थिए । सुरक्षागार्डले रोकेपछि त्यहाँ विवाद भएको थियो ।

तर पर्यटनमन्त्री श्रेष्ठले भने सुरक्षागार्ड गुरुङ ‘आफ्ना पिएसओले मन्त्री भएको बताउँदा पनि अभद्र व्यवहार गरेको’ बताएका थिए । मन्त्रीका रुपमा नभई सामान्य नागरिकलाई पनि उपयुक्त नहुने व्यवहार गुरुङले गर्ने गरेको उनको दाबी थियो ।

गुरुङलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको थियो । हिरासतमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उनीसँग भेट गरेर तस्वीर खिचेका थिए ।

यस विषयमा छानबिन गर्न प्रहरीले एसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ । लामिछानेलाई गुरुङसँग भेटाइदिएको भन्दै प्रहरी निरीक्षक विकास तामाङको पनि जिम्मेवारी खोसिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal