आज :

पाकिस्तानसँग भारत ५ विकेटले पराजित

  • अनलाइन डबली

काठमाडौं । पाकिस्तानले ५ विकेटले पराजित गरेको छ । एसिया कप क्रिकेट दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गएराति भएको खेलमा भारत पाकिस्तानसँग पराजित भएको हो । भारतले दिएको १ सय ८२ रनको चुनौतीलाई पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

खेलमा पाकिस्तानका लागि मोहमद रिजवनले ७१ रनको अर्धशत पार गरे भने मोहमद नवाजले ४२, आशिफ अलिले १६, फकर जमानले १५ तथा कप्तान बाबर आजम र खुस्दिल शाहले १४ रन जोडे ।

त्यसैगरी भारतका लागि भुवनेश्वर कुमार, अश्रदीप सिंह, रवि बोस्नोई, हार्दिक पाण्डय र युजभेन्द्र चाहलले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय पारी खेले भन कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८ रन बनाए ।

दीपक होडाले १६, ऋषव पन्त १४ र सूर्यकुमार यादवले १३ रन बनाए । पाकिस्तानका शादव खानले २ विकेट लिए भने नसीम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले १/१ विकेट लिए । जितसँगै पाकिस्तानले सुपर चारमा २ अङ्क जोडेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal