आज :

काठमाडौँमा बालेनको अर्को ठुलो एक्सन, क-कसको चल्यो रुवाबासी ?

  • अनलाइन डबली

काठमाडौँ । अवैध संरचना भत्काउनेसहित महानगरभित्र सुधारको प्रयास गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर नतिर्ने क्यासिनोहरुलाई पत्र काटेका छन् ।

७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र काटेका हुन् । जसमा डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट। प्राइड इन्टरटेन्टमेन्ट, माजोङ इन्टरटेन्टमेन्ट, बाल्को क्यासिनो र बेलि क्यासिनो रहेका छन् ।

मनोरञ्जन कर तिर्न पटक पटक ताकेता गरिएपनि आर्थिक् वर्ष ०७५–०७६ देखि कर नतिरेकाले पत्र प्राप्त भएको मितिले ७ दिनभित्र राजश्व बुझाउन अनुरोध गरिएको छ ।

अन्यथा नियमबमोजिम बाँकी सरह बाँकी कर असुल उपर गरिने विभागीय प्रमुख शिवराज अधिकारीले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ । यस्तै काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिृकत संरचना डोजर लगाएर हटाउन थालेको छ ।

फुटापथ मिचेर राखेको होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

महानगरको सूचनालाई बेवास्ता गरेपछि डोजर लगाएर अनधिकृत संरचना हटाउन आफूहरु बाध्य भएको पाण्डेले बताए । अहिले कोटेश्वर क्षेत्रमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal