आज :

पाँचदिने भ्रमणका लागि भारतीय सेनाध्यक्ष काठमाडौं आइपुगे

  • अनलाइन डबली

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पांडे नेपाल आएका हुन् । पाँचदिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि सोमबारै शिष्टाचार भेट गर्नेछन् ।

त्यस्तै सैनिक मञ्च सोमबार टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ ।

सोही दिन पाण्डेलाई नेपाली सेनाले सैनिक मुख्यालयमा रात्रिभोज दिनेछ । मंगलबार उनी सगरमाथा वेसक्याम्प नाम्चे पुग्नेछन् भने सोही दिन उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

साँझ भारतीय दूतावासले आयोजना गरेको रात्रि भोजमा सहभागी हुने पाण्डे चौथो दिन मौसमले साथ दिए मुक्तिनाथ दर्शनका लागि जाने लगायतका कार्यक्रम तय भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal