आज :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यबहार गरेका सुरक्षा गार्ड पक्राउ

  • अनलाइन डबली

 भदौ १९, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यबहार गरेको आरोअपमा   एक सुरक्षा गार्ड पक्राउ परेका छन् ।

ठमेलस्थित छायाँ सेन्टरमा शुक्रबार बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड शेरजंग कुँवरले लाइनमा बस्न भन्दै दुर्ब्यबहार गरेको आयोप लागेको छ ।  काठमाण्डु प्रहरी परिसरका प्रमुख एसएसपी भरतबहादुर बोहराका अनुसार  मन्त्रीमाथि अभद्र व्यवहार गरेका सुरक्षा गार्ड कुँवरलाई पक्राउ गरिएको र उनीविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरी कारबाही अघि बढाइएको छ ।

अमेरिका , युरोपलगाएत तेश्रो मुलुक जान सर्वसाधारण बायोमेट्रिकका लागि लाइनमा बसिरहेका बेला मन्त्री श्रेष्ठ पनि त्यहा पुगेका थिए । गार्ड कुँवरले मन्त्री श्रेष्ठलाइ पनि अन्य सर्व साधारण सरह लाइनमा बस्नै पर्ने अडान राखेका थिए । तर, मन्त्री श्रेष्ठसँगै रहेका सरकारी पीएसओले उनी मन्त्री भएकाले जान दिन भने ता पनि  कुँवरले मानेनन् थप रुखो बोलिमा  ‘मन्त्रीसन्त्री चिन्दिनौ , जो भए पनि लाइनमा बस्नुपर्छ’ भन्ने थप उग्र बनेको स्वकीय सचिव भिमसेन राज वाहकले जानकारी दिनु भयो । ‘ हामीले उनलाई निकै नम्र भाषामा निकै सम्झाउदा  कुँवरले सरकारी पीएसओ सहित हामि सबैमाथि हात नौ हाल्न थाल्यो । ’  स्वकीय सचिव राज वहाकले बताउनु भयो।

पर्यटन मन्त्रालयले मन्त्रीमाथि दुव्र्यवहार गरेको भन्दै कुँवरविरुद्ध दरबारमार्ग प्रहरीमा जाहेरी दिएको थियो ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal