आज :

उदयपुरमा एकै परिवारका तीन जनाको सामुहिक हत्या, प्रहरीको अनुसन्धानबाट खुल्यो यस्तो रहस्य

  • अनलाइन डबली

उदयपुर ।  उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको सामुहिक ह’त्या भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

उक्त सामुहिक ह’त्या पछाडि सामान्य विवाद कारक रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले हत्याको कारण सामान्य विवाद देखिएको बताएको हो ।

शुक्रबार बिहान ११ बजे बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेत मृत अवस्थामा भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय, उदयपुर स्रोतका अनुसार पक्राउ परेका नरबहादुरले मृतक राजुकमारकी श्रीमती सरिता दुई/तीन वर्षदेखि आफ्नो सपनामा आएर दुःख दिने गरेको बयान दिएका छन् ।

‘शुक्रबार जंगलमा घाँस काट्न गएका बेला उनले त्यसबारे राजकुमारलाई बताएछन्’ एक अनुसन्धान अधिकृतले भने, ‘उनले सरितालाई बोक्सी लागेको हुनसक्ने बताएपछि विवाद भएको देखिन्छ ।’

प्रहरीका अनुसार नातेदार समेत रहेका नरबहादुरले श्रीमतीलाई बोक्सी भनेपछि उनले ‘आजको समयमा पनि यस्तो हुन्छ’ भन्दै हप्काएका थिए । ‘मलाई पुलिसलाई भन्दिन्छु, मुद्दा लाइदिन्छु भन्दै थर्काउन थाल्यो’, नरबहादुरको बयान छ, ‘त्यसपछि घाँस काट्न लिएर गएको खुकुरीले हानेँ ।’

उनीहरुबीच अरु कुनै रिसिइबी पनि थियो कि भन्ने बारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । तर प्रारम्भिक सोधपुछमा घटनाको कारण यही देखिएको छ ।

प्रहरीका अनुसार उनले जंगलबाट घाँस काट्न लगेको खुकुरीले सुरुमा श्रीमान् राजकुमारलाई हानेका थिए । त्यसबेला उनी कुलोबाट खेतमा पानी लगाउँदै थिए । श्रीमती पनि खोला छेऊ थिइन् । श्रीमान्को ह त्यापछि उनले श्रीमती सरितालाई पनि ह त्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

पछि १२ वर्षका छोरा सुजन बस्नेतलाई देखेपछि उनलाई पनि खुकुरी प्रहार गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

तीनैजनाको शव हेर्दा धेरै पटक खुकुरी हानिएको देखिएको प्रहरी बताउँछ । शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी छ । विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal