आज :

इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको कसले किन गर्यो अदली बदली ? यसो भन्छ सैनिक निर्देशनालय

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनका लगि इराकमा खटिएका नेपाली शान्ति सैनिकहरूको अदली बदली गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घीय गार्ड युनिट (अनामी एक्स–बि) लाई बदली गर्न (अनामी एक्सआई–बि) को पहिलो टोली त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भाद्र १५ मा सेनानी बसन्त नाथ योगीको नेतृत्वमा नयाँ टोली इराक तर्फ प्रस्थान गरेको थियो । फ्लाई दुबईबाट मिसन इलाका प्रस्थान गर्नेमा १८ जना शान्ति सैनिकहरू छन् ।

सो मिसनमा तैनाथ पहिलो टिम सह–सेनानी अनिल थापाको नेतृत्वमा भदौ १६ मा नेपाल फर्केको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal