आज :

म्यादी प्रहरीले तलब–रासनबापत पाउँने भए ४२ हजार, कति पाउछन भत्ता ?

  • अनलाइन डबली

काठमाडौँ । प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ ।

सो सहमतिसँगै प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना गर्नेबारे कार्यविधि तयार गरिरहेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि खटिने म्यादी प्रहरीले ४० दिन सरकारी सेवा गर्नेछन् ।

सो अवधिमा उनीहरुले तलब र रासनवापत ४१ हजार ९६० रुपैयाँ पाउँछन् । म्यादीलाई प्रहरी जवान बराबर रासन र तलब सुविधा उपलब्ध गराइने प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए ।

म्यादी प्रहरीले गाडी भाडाबापत १ हजार रुपैयाँ भत्ता स्वरुप पाउँछन् । निर्वाचन क्षेत्रमा आउन र जाने खर्चका लागि अर्थ मन्त्रालयले १ हजार भत्ता दिने निर्णय गरेको छ । तलब बापत म्यादी प्रहरीले ४० दिनमा ३४ हजार ७६० रुपैयाँ पाउँछन् ।

हिमाली जिल्लामा रासन सुविधा त्यहिँको दररेट अनुसार पाउनेछन् । रासनवापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयले स्वीकृति दिएको डीआईजी राईले जानकारी दिए ।

कपडा किन्न म्यादी प्रहरीले ६ हजार रुपैयाँ पाउँछन् । म्यादीले ६ हजार भित्रबाट दुई जोर डांग्री, जुत्ता, दुई जोर मोजा, टोपी र सिट्टी कर्ड किन्नुपर्छ ।

हिमाली क्षेत्रमा भर्ति हुने म्यादीले स्वीटर खरिद गर्न थप १ हजार नगद पाउँछन् । हिमालमा १५ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

निर्वाचन अवधिमा ४ दिन खाजा खर्च स्वरुप म्यादीले ३ सयको दरले थप रकम पाउँनेछन् । निर्वाचन सुरक्षामा खटिँदा आवश्यक लाठी म्यादी आफैंले व्यवस्थापन गर्नुपर्ने गरी प्रहरी प्रधान कार्यालयले कार्यविधि बनाइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal