आज :

तीजको गीतमा नाचिरहेका चेलीमाथि आकाशबाट एक्कासी बज्रपात पर्यो, २ जनाको घटनास्थलमै मृत्यु, २ गम्भीर घाइते

  • अनलाइन डबली

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन ।

गम्भीर घाइते र अन्य १० जना सामान्य घाइतेलाई अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख बीरबहादुर वलीले घटनास्थलमा प्रहरी पुगिसकेको र घाइतेलाई प्रहरीले उपचारका लागि अस्पताल ल्याउन लागेको जानकारी दिए । वलीका अनुसार गुरगाउँमा चट्याङ लागेर मृत्यु हुनेमा सोही वडाका १९ वर्षीय मनिषा शाह र १६ वर्षीय दीपा घर्ती रहेका छन ।

हरितालिका तीजको अवसरमा मंगलबार राती ११ वजे नाचगानका क्रममा चट्याङ लागेर उनीहरुको मृत्यु भएको एसपी वलीले बताए । प्रहरीका अनुसार अनुसार घटनाबारे बुधबार बिहान ७ बजेपछि मात्रै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको हो ।

घोराही भित्र पर्ने भएपनि दुर्गम गाउँ भएकाले घटनास्थल पुग्न प्रहरीलाई झन्डै ५ घन्टा पैदल हिँड्नुपर्ने स्थानीयको भनाइ छ। यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक युवक मृत अवस्थामा फेला परेका छन्।

मंगलबार राति करीब करिब ११ बजेतिर २५ वर्षीय बमबहादुर धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनकी श्रीमतीले धामी मृत परेको खबर गरेपछि प्रहरी घटनास्थलमा गएको थियो।

उनी सडक किनारमा रहेको नालीमा मृत फेला परेका थिए। अछामका प्रहरी नायब उपरिक्षक नारायण डाँगीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत विनायक बजार नजिकै सडकको नालीमा धामी मृत भेटिएका थिए ।

मृत भेटिएका धामीको टाउकोमा चोटपटक लागेको डाँगीले बताए । सडकमाथिको ठूलो भिरबाट लडेको हुन सक्ने प्रहरीको शंका छ। घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको डाँगीले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal