आज :

पञ्चदेवल विनायक नगरमा फेरि अर्का युवाको शंकास्पद मृत्यु, प्रहरी कार्यालय नजिकै भेटियो शव

  • अनलाइन डबली

अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा एक अर्का युवाकको शंकास्पद मृत्यु भएको छ । बिनायकका स्थानीय युवा बम बहादुर धामी मृत अवस्थामा फेला परेका छन् । सोही नगरपालिकाको वडा नम्बर दुईका २५ बर्षीय धामी मंगलबार राति ११ बजेतिर सडक किनारको नालीमा मृत अवस्थामा भेटिएका हुन् ।

बिनायक बजारबाट करिब ५ सय मिटर र इलाका प्रहरी कार्यालयबाट करिब दुई सय मिटरको दूरीमा धामीको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय नजिकै शव भेटिनुले पनि स्थानीय असुरिक्षत भएको स्थानीयले बताएका छन् ।

पछिल्ला दिनमा अछामको यो नगरपालिकामा ह’त्या तथा अपराधिक घटना घटिरहेका छन् । केही समय पहिले कालिकास्थानका युवाको ह’त्या भएको थियो । त्यो भन्दा पहिले पूर्ववडाअध्यक्ष र एक अर्का युवाको पनि ह’त्या  भएको थियो ।

पहिलेका घटनाको सत्यतथ्य सार्वजनिक हुन नपाउँदै फेरि धामी मृत अवस्थामा भेटिएका छन् । उनको पनि ह’त्या भएको हुन सक्ने स्थानीयले बताएका छन् । उनको शव खोला छेउमा भेटिएको छ । शव नियन्त्रणमा लिएर थप छानविन भइरहेको इलाका प्रहरी कार्यालय बिनायकले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal