आज :

केन्यालाई ३१ रनको अन्तरले हराउँदै नेपालले जित्यो टी-२० श्रृङ्खला

  • अनलाइन डबली

काठमाडौं । नेपालले केन्यालाई ३१ रनले हराउँदै नेपालले टी–२० शृङ्खला जितेकाे छ । घरेलु मैदानमा भएको पाँचाैँ तथा निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले शृङ्खला जितेकाे हाे ।

नेपालले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन बनायाे । केन्याका लागि नेहेमिह ओधिआम्बाेले ३७ र शेम एनगाेचेले ३३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई विकेट लिए ।

नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायाे । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, राेहित पाैडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगाेचे र नेहेमिह ओधिआम्बाेले दुई–दुई विकेट लिए ।

यसअघि शृङ्खलामा नेपालले पहिलाे र तेस्राे खेल जित्दा केन्याले दाेस्राे र चाैथाे खेल जितेकाे थियाे । नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला पनि खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal