आज :

मनाङको चामेमा मतगणना सुरू, एमालेको अग्रता, केछ कांग्रेसको अवस्था

मनाङ । मनाङको चामे गाउँपालिकामा मतगणना सुरू भएको छ। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

एमालेका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्रबहादुर घलेले अहिलेसम्म १५२ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा पनि एमालेका उम्मेदवार अगाडि छन्। एमालेका उपाध्यक्ष पदका उम्मेदवार आशकुमारी गुरुङले १५४ मत प्राप्त गरेकी छन्। कांग्रेसका उपाध्यक्षका उम्मेदवार मिङ्मार ढोमा लामाले १२९ मत प्राप्त गरेकी छन्।

मुख्य निर्वाचन अधिकृत खनालका अनुसार वडा नं १ र २ को मतगणना सम्पन्न भएको छ। उक्त गाउँपालिकामा ५ वटा वडा छन्। मतगणना भएका वडाहरूको वडाध्यक्षसहित सदस्यहरूनिर्विरोध भएका थिए।

यस्तै उता प्रदेश १ को एकमात्र महानगर विराटनगरको मतगणना ढिला सुरू हुने भएको छ। अहिले पनि महानगरका केही स्थानमा मतदान जारी रहेका कारण गणना आजै थाल्ने कि नथाल्ने टुंगो नभएको निर्वाचन कार्यालयले जनाएको छ।

विराटनगरमा तीन मतदान केन्द्रमा अहिले पनि मतदान भइरहेको छ। निर्वाचन आयोगले ५ बजेसम्म मतदानको समय तोकेको भए पनि सो समयभित्र मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ।

विराटनगरको हाटखोला, पुसेट कलेजलगायतको स्थानमा अहिले पनि मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ। यस्तै, सुन्दरहैरचाका केही मतदान स्थलहरूमा मतदान भइरहेको छ।

मतदान स्थलभित्र पसेका मतदाताले मतदान सक्दा ९ बज्ने अनुमान रहेको निर्वाचन कार्यालय मोरङले जनाएको छ। जारी मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउँदा कम्तीमा ११ बज्ने देखिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए।

‘केराबारीको उत्तरी क्षेत्रमा भएको मतदान स्थलबाट मतदान भएको मतपेटिका सडकको कारणले धनकुटा हुँदै ल्याउनुपर्ने छ’ उनले भने, ‘त्यही भएर समय लाग्छ।’

विराटनगरका मतदान सकिएका ठाउँहरूबाट भने मतपेटिका संकलन धमाधम भइरहेको छ। विराटनगर- ७ स्थित आदर्श माध्यमिक विद्यालयमा मतपेटिका संकलन गरिएको हो। महानगरको गणना यही विद्यालयमा हुनेछ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal