आज :

मतदानस्थलमै २ जनाको मृत्यु, कसरी घट्यो यस्तो घटना ?

बैतडी । बैतडीमा मतदान गर्न गएका २ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ६ मा मतदान गर्न आएका एक बृद्धको मृत्यु भएको छ ।

पाटन नगरपालिका ६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनलाई स्टेचरमा बोकेर कृष्ण माविको मतदानस्थलमा ल्याइएको थियो । मतदान स्थलमै अकस्मात बेहोस भएका बिष्टको उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि बिहान दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हाल्न गएका दोगडाकेदार ३ कफल्टाका ८४ वर्षीय हरिसिंह भाटको पनि मृत्यु भएको थियो ।

स्थानीय तह निर्वाचनमा आज दिउँसो २ बजेसम्मको अवधिमा ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । छिटफुट घटनाबाहेक सबै मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण र उत्साजनक रुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा देशभर करिब ४१ प्रतिशत मतदान भइसकेको उल्लेख छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा न. १७ मा भने आज मतदान भएको छैन ।

महाराजगञ्जमा उपमेयरको उम्मेदवार र तुलसीपुर–१७ मा वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएकाले आज मतदान नभएको हो । यता दैलेखको आठबीस नगरपालिकाको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

झड्पमा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद शाहले जानकारी दिए ।

घाइते हुनेहरूमा दुर्गा थापा, कल्पना थापा र कमल थापा रहेको प्रहरीले जनाएको छ । ‘आठबीसमा झडप भएको खबर प्राप्त भएको छ । फोन सम्पर्क हुँन सकिरहेको छैन् । सम्पर्कको प्रयास भइरहेको छ,’ उनले भने ।

कांग्रेस कार्यकर्ताहरूको एमालेका कार्यकर्ताहरुलाई आक्रमण गरेको स्थानीयले जगत माँझीले बताए । केहीबेर स्थिति तनाव बनेपछि तत्काललाई मतदान स्थगन गरिएको छ । केन्द्रमा थप सुरक्षाकर्मी मगाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal