आज :

बुथ कब्जा गर्न खोजेपछि बैतेश्वरमा ढुंगा हानाहान, अवस्था तनाबग्रस्त

दोलखा । जिलाकोको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडपको स्थिति आएपछि मतदान रोकिएको छ।

पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान सुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि हाल मतदान रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलले जानकारी दिए । पौडेलका अनुसार ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायरसमेत गरेको पौडेलले जानकारी दिए।

उनले मतदान चलिरहेका बेला बाहिरबाट ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको बताए। मतदाता आउने बाटो नै अवरोध गरेका कांग्रेस-एमाले कार्यकर्ताले मतदान केन्द्रमासमेत ढुंगामुडा गरेका थिए।

वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन्। अहिले सर्वदलीय बैठक बसेर मतदान सुरू गर्ने प्रयास भइरहेको डिएसपी पौडेलले जानकारी दिए।

उता बाराको पचरौता नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । देवतालमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

त्यहाँ झडपका कारण उत्पन्न विवाद साम्य पार्न प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ । यस्तै देवतालको पीपरपातीमा पनि एक पक्षले मतदान केन्द्रमै प्रवेश गरेर भोट मागिरहेपछि अर्को पक्षले विरोध जनाउँदा झडप भएको हो ।

झडपका कारण अहिले ती दुवै केन्द्रमा मतदान रोकिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने घटनास्थलमा सुरक्षा कडा पार्दै मतदान सुरू गराउन आफूले पहल गरिरहेको बताए ।

सीमावर्ती यी दुवै मतदान केन्द्रमा सुरक्षाको दृष्टिकोणले मतदान केन्द्र संवेदनशील मानिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal