आज :

दोलखामा मतदान स्थलमै गो’ली चल्यो, यस्तो छ थप विवरण

  • अनलाइन डबली

काठमाडौँ । दोलखाको बैत्यश्वरमा गो’ली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गाे’ली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन ।

दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप भएपछि हवाइ फायर गरेको जानकारी दिए । झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरेर अहिले पुनः मतदान सुरु भइसकेको बताए । यस्तै बैत्यश्वरमा थप प्रहरी परिचाल गरिएको उनले बताए ।

आज शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मतदान हुँदैछ। संघ र प्रदेशको निर्वाचनमा जस्तो एउटा उम्मेदवारका लागि एउटा मात्र स्वस्तिक छाप लगाउने नभई यो निर्वाचनमा प्रमुख उपप्रमुख वडाध्यक्षदेखि सदस्यसम्म ७ जना उम्मेदवारका लागि ७ छाप लगाउनुपर्ने हुन्छ ।

कम्तिमा १ मिनेटभित्र एकजना मतदाताले मतदान गरिसक्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार एक जनाले कम्तिमा १ मिनेटभित्र मतदान गरिसक्ने आंकलन गरिएका बताए ।

सहप्रवक्ता अर्यालले भने, ‘अहिलेको यो स्थानीय तह निर्वाचनमा मतदान गर्न सरदर ४० देखि ५० सेकेन्ड लाग्नसक्छ । बढीमा १ मिनेट लाग्नसक्छ ।’ उनका अनुसार मतदान केन्द्रमा नाम रुजु गरेर मतपत्र लिएपछि मतदान गरेर फर्किनेसम्मका सबै कार्यका लागि कूल ५ मिनेटभन्दा बढी लाग्दैन ।

मतदान स्थलको दृश्य हेर्दा एकजना मतदाताको प्रवेशदेखि बाहिरिने बेलासम्म प्रक्रियामा ७–८ मिनेट भन्दा पर समय नजाने उनको भनाइ छ । उनले भने, ‘कुनै मतदाताले सुरुमा आफ्नो नाम रुजु गराएको हुन्छ । ऊभन्दा अगाडिकोले नङमा मसी लगाइरहेको हुन्छ । त्यसभन्दा अगाडिको मतपत्र लिएको हुन्छ । ऊभन्दा अगाडि गोप्य मतदान केन्द्रमा जान प्रतिक्षामा बसेको हुन्छ । अर्कोचाहिँ मतपत्रमा स्वस्तिक छाप हानिरहेको हुन्छ । अर्को व्यक्ति त्यही बेलामा मतपेटिकामा मतपत्र खसालेर बाहिरिन लागिरहेको हुन्छ । ७–८ मिनेटमा ७–८ जना मानिस मतदानको विभिन्न चरणमा रहेका हुन्छन् । एउटा मतपेटिकामा सरदर १ हजार जनाले मतदान गरेका हुन्छन् ।’ देशभर १० हजार ७ सय ५६ मतदान स्थल रहेका रहेका छन् ।

यसैबीच मतदाता नामावलीमा विवरण छ भने मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने व्यवस्था गरिएको छ। यसअघि आयोगले स्पष्ट निर्णय नगर्दा हराएकाले के गर्ने भन्नेमा द्विविधा हुँदै आएकोमा निर्वाचनको अन्तिम समयमा आयोगले परिचय खुल्ने कागजातबाट पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो।

यस्तो अवस्थामा मतदाताले भोट हाल्न पाउँदैनन्
निर्वाचन आयोगले मादक पदार्थ सेवन गरेर मतदान गर्न जानेलाई मतदानस्थलमा प्रवेश नदिने जनाएको छ । यसअनुसार यदि मादक पदार्थ सेवन गरेर मतदाता गए मत खसाल्न बञ्चिन हुने देखिएको छ ।

स्थानीय तह निर्वाचनको निर्देशिका जारी गर्दै आयोगले मतदानस्थलमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि निर्वाचन अधिकृतलाई प्रवेश गर्न नदिन निर्देशन दिएको हो ।

यस्तै आयोगले मतदानस्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनै पनि व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामाग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजातहरु, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जनाइने कुनै वस्तु लैजान नपाइने जनाएको छ । आयोगले यस्ता कार्य गरेमा कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको आयोगले जनाएको छ ।

आयोगले मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढंगले सञ्चालन गर्नमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सरोकारवालाहरूलाई अपिल गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal