आज :

अछामको पुल्लेतोलामा चट्याङबाट एक जनाको मृत्यु, ४ जना गम्भीर घाइते

  • अनलाइन डबली

अछाम । जिल्लाको पुल्लेतोलामा चट्याङबाट एक जनाको ज्यान गएको छ । पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोलास्थित काटियाँमा गएराति परेको चट्याङबाट कम्माने कामीको १२ बर्षीय छोरा सुरत कामीको ज्यान गएको छ ।

स्थानीय युवा समाजसेवी मकर रावलले दिएको जानकारीअनुसार गएराति हावा–हुरी र बर्षसँगै परेको चट्याङबाट ६० बर्षीय रने कामी, उनकी श्रीमति ५५ वर्षीय मना कामी, भाइबुहारी जयसरा कामी, ७० बर्षी बृकिसे रावल घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको रावलले जानकारी दिए ।
चट्याङबाट कम्माने कामीका दुई बाख्रा मरेका छन् भने नजिकै रहेको देवकी निमावीको सोलार सिस्टममा पनि क्षति पुगेको छ ।

अहिले पनि मौसम बदली भइरहेकोले स्थानीय डराइरहेका छन् । घटनास्थलमा दुई जना प्रहरीको टोली पुगेको भने विपत्त व्यवस्थापनको टोली कमलबजारबाट हिडेको छ ।

उक्त क्षेत्रमा प्रत्येक बर्ष चट्याङ परेर जनधनीको क्षति हुँदै आएको छ । प्रत्येक बर्ष दुई तीन पटक चट्याङ पर्न थालेपछि स्थानीयले सो क्षेत्रको विज्ञ टोलीले अध्ययनको लागि माग गर्दै आएका छन् ।

स्थानीय अगुवाहरुले पनि बस्ती उठाउन सरकारसँग माग गर्दै आएका छन् । तर अहिलेसम्म कुनै सुनुवाई हुन सकेको भन्दै मकर रावलले सरकार गम्भीर हुनुपर्ने बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal