आज :

चीनले बल्ल मुख खोल्यो-आगोमा इन्धन थप्ने कार्य अस्वीकार

काठमाडौँ । रुस–युक्रेन यु’द्धबारे चीनले मुख खोलेको छ । चीनले के भन्छ विश्वले हेरिरहेको बेला चीनका विदेशमन्त्री वाङ यीले आगोमा इन्धन थप्ने कदमको विरोध गर्ने बताएका छन् । चीनका सरकारी संचारमध्यम ग्लोबल टाइम्सका अनुसार वाङ यीले आफूले रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताका लागि प्रोत्साहन गरेको बताउँदै संवाद र वार्ताबाट मात्र सङ्कट समाधान गर्न सकिने बताए।

वाङ यीले अमेरिकी राज्यमन्त्री एन्थोनी ब्लिन्कनसँग बेइजिङले आगोमा इन्धन थप्ने कुनै पनि कार्यको विरोध गर्ने बताएका हुन् ।

बीबीसीका अनुसार पछिल्लो दुई सातामा चीन र अमेरिकाबीच उच्चस्तरिय दोस्रो फोन वार्ता हो । चीनले राष्ट्रसंघमा मतदान नगरेपनि रुसको पक्षमा खुलेको छैन । तर, कुटनीतिक रुपमा रुसको समर्थन गरेको छ ।

वार्ताको क्रममा वाङले अमेरिका, नेटो र युरोपेली सङ्घलाई रुससँग निष्पक्ष वार्ता गर्न र नेटो सङ्गठनको विस्तारको बारेमा मस्कोको सुरक्षा चासोलाई स्वीकार गर्न पनि आह्वान गरेका छन् ।

यसमा अमेरिका तयार छैन । नेटोले सैनिक नपठाएपनि हतियार पठाइरहेको छ ।

यसैबीच भारतलाई पनि स्पष्ट रुपमा खुल्न दवाव बढेको छ । भारतले पनि रुसको कुटनैतिक रुपमा रुसको समर्थन गरेको छ । भारतले पनि राष्ट्रसंघमा मतदान गरेन ।

रुस–युक्रेन सङ्कट समाधानका लागि वार्ता र कूटनीतिमा भारतले जोड दिँदै आएको छ । पश्चिमा देशहरुले मस्कोविरुद्ध लाग्न भारतलाई पनि दवाव दिइरहेका छन् । तर, प्रधानमन्त्री नरेनद्र मोदीले संवादबाटै समस्या समाधान गरिनुपर्नेमा जोड दिइरहेका छन् ।

रुस र भारतको सोभियत कालदेखिकै सम्बन्ध छ । भारतले रुसबाट करिब ५० प्रतिशत रक्षा आयात गर्दछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal