आज :

बाइडलले शपथ समारोहको पूर्वसन्ध्यामा अमेरिकामा गोलाबारी, दर्जनौं घाइते, हतियारधारी सडकमा  

काठमाडौं । अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनको शथप समारोहको पूर्वसन्ध्यामा ठाउँठाउँमा झडप र गोलाबारी भएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकाको फिनिक्स शहरमा गोलाबारी भएको छ ।

दुई समूहबीच भएको गोलाबारीमा परी दर्जनौं व्यक्तिहरु घाइते भएका छन् । जो बाइडेनको शपथ समारोहमा सुरक्षा खतरा भन्दै अमेरिकाका ५० सै राज्यमा हजारौं सुरक्षाकर्मी परिचालन गरेपनि झडप र गोलाबारी पनि रोकिएको छैन ।

त्यसैगरी सबैभन्दा धेरै  सुरक्षाकर्मी परिचालन वासिङ्टन डिसीमा परिचालन गरिएको छ । क्यापिटल हाउसमा यसअघि ट्रम्पका समर्थकले हमला गरेसँगै त्यहाँको सुरक्षा सतर्कता बढाइएको छ ।

अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै समाचार एजेन्सीहरुले फिनिक्स शहरको एबेन्यु क्षेत्रमा भएको झडपमा तीन जना गो ली लागि ढलेको अवस्थामा भेटिएको बताएका छन् । झडपमा परी घाइते भएकाहरुको अवस्था गम्भीर रहेको छ । घटनाबारे अनुसन्धान थालिएको छ । घटनामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरिएको छ ।

ट्रम्प समर्थकहरु हतियारसहित सडकमा निस्किरहेका छन् । उनीहरु आक्रोसित रहेको हुँदा जतिखेर पनि घटना घट्न सक्ने सुरक्षाकर्मीहरुले बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित जो बाइडनको जनवरी २० मा शपथ समारोह आयोजना गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal