आज :

कोरोना संक्रमण बढ्न थालेपछि चीनमा फेरि लकडाउन, जापानमा संकटकाल, काठमाडौं पनि खतराको सूचीमा 

काठमाडौं । कोरोना भाइरस पुनः फैलान थालेपछि चीनको हुबेई प्रान्तमा फेरि लकडाउन गरिएको छ । समाचार एजेन्सीहरुले चिनियाँ अधिकारीलाई उदृत गर्दै कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थालेपछि चीन सरकारले पुनः लकडाउन गरेको हो । चीनमा देखिएको भाइरस अफ्रिका र बेलायतमा देखिएको नयाँ भाइरस हो वा होइन भन्नेमा अनुसन्धान भइरहेको छ ।

त्यसैगरी कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि जापानको राजधानी टोकियोमा आपत आपत्काल घोषणा गरिएको छ । जापान सरकारले आजबाट लागु हुने गरी एक महिनाको लागि संकटकाल घोषणा गरेको हो ।

प्रधानमन्त्री योशिहिदे सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि आपत्काल लगाउनुपरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आपत्कालअन्तर्गत रेस्टुरेन्ट र बारमा बेलुका ७ बजेपछि जाँड–रक्सी बिक्री/वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागू हुने अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवाहरूलाई विशेष अनुरोध समेत गरेका छन् । टेकियोमा सङ्क्रमित भएकाहरूको उमेर अवस्था हेर्दा आधाभन्दा बढी तीन दशकभन्दा कम उमेरका भएको पाइएकाले पनि प्रधानमन्त्री सुगाले युवालाई विशेष आग्रह  गरेको समाचार जनाइएको छ ।

सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र बिक्रेताले उनीहरूले माग गरेको ठाउँमा पुर्‍याइदिने व्यवस्था हुने गरी मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

जापानको राजधानी टोकियोमा दैनिक थप सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा बिहीबार दुई हजार चार सय ४८ जना थपिएका छन् । देशभरि सात हजार चार सय ९० जना सङ्क्रमित थपिएको पनि अधिकारीहरूले जनाएका छन् । जापानमा अहिलेसम्म तीन हजार सात सयभन्दा धेरैकाे कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गएको छ ।

यसैबीच विज्ञहरुले काठमाडौंमा पनि कोरोनाको दोस्रो लहर चल्न सक्ने चेतावनी दिएका छन् । मानिसहरुले कोरोनाबारे सावधानी र स्वास्थ्य मापदण्ड अपनाउन छोडेकोले कोरोना भाइरस संक्रमणको दोस्रो लहर चल्न सक्ने बताएका छन् । काठमाडौं कोरोनाको नयाँ भाइरस संक्रमणको खतराको सूचीमा समेत रहेको भन्दै सतर्कता अपनाउन जोड दिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal