आज :

स्वास्थ्यकर्मी सोनियाको मृत्यु भएसँगै अमेरिकी कोरोना खोप ‘फाइजर’ बहिस्कार

काठमाडौं । अमेरिकी कम्पनीले तयार पारेको कोरोना खोपले एक स्वास्थ्यकर्मी महिलाको ज्यान गएसँगै उप्रतिको विश्वास घटेको छ । कोरोना खोप लगाउन पाइनेमा खुशी भएका धेरैले अमेरिकी कम्पनी फाइजरले तयार गरेको खोप लगाउन मानेका छैनन् ।

यो घटना पोर्चुगलको हो । समाचार एजेन्सीहरुका अनुसार फाइजरको कोरोना खोप लगाएको दुई दिनपछि सोनिया एकेवेडोको उनको ज्यान गएको थियो । कोरोनाको उपचारमा खटिएको सोनिया खोप लगाउनु भन्दा पहिले स्वास्थ्यमा कुनै समस्या नभएको परिवारले जनाएका थिए ।

पोर्चुगलको पोर्टो शहरमा बस्ने सोनियाको फाइजरको खोपकै कारण ज्यान गएपछि खोप लगाउन तयार भएका धेरैले अस्वीकार गरेका छन् । ४१ वर्षीया सोनियाका दुई बच्चा छन् । उनी असेवेदो क्यान्सर अस्पतालमा काम गर्थिन्।

सोनियाका पिता अबिलियो असेवेदोले एक स्थानीय मिडियासँग कुरा गर्दै खोप लगाएपछि आफ्नी छोरीको स्वास्थ्यमा सामान्य भएपनि फाइजरकै खोपका कारण ज्यान गएको बताएका थिए । सोनियाले ३० डिसेम्बरमा खोप लगाएकी थिइन् ।

अमेरिकाले अनुमति दिएसँगै फाइजरको खोप अन्य देशहरुले पनि खरिद गरेर लगाउने तयारी गरेका थिए । तर यो घटनाले धेरैलाई सशंकित बनाइदिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal