आज :

अमेरिकी लोकतन्त्रः संसदमा ट्रम्पका समर्थकले हतियारसहित हमला गरे, वासिंगटनमा कर्फ्यू

काठमडौँ । अमेरिकी संसदमा हतियारसहित तोडफोड र अन्धाधुन्धा हमला भएको छ । उनीहरु राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक हुन् । राष्ट्रपतिमा ट्रम्प नै विजयी भएको तर जो बाइडनलाई विजयी घोषणा गर्ने तयारी भइरहेको भन्दै उनीहरुले संसदमै हतियारसहित हमला गरेका हुन् ।

चुनावी नतिजाले पराजित गरेपनि राष्ट्रपति ट्रम्पले अस्वीकार गर्दै आएका छन् । उनले चुनवामा धाधली भएको भन्दै स्वीकार नगर्ने बताउँदै आएका छन् । प्रदर्शनकारीलाई ट्रम्पले उत्तेजित पारेर हतियारसहित संसदभित्रै पस्न हौसाएका थिए ।

संसद भवनमै हतियारसहित भएको हमलामा परी एकजनाको ज्यान गएपछि ट्रम्पले समर्थकलाई फिर्ता हुन भनेका छन् । उनले उत्तेजित नहुन भन्दै फिर्ता हुन आग्रह गरेका छन् । ट्रम्पको हर्कतमा संलग्न भई हतियारसहित आ.क्रमणमा उत्रिएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पाँच थान हतियार पनि नियन्त्रण गरेको छ । प्रहरीले नियन्त्रण गर्न गोली चलाउँदा ट्रम्पकी एक महिला समर्थकको ज्यान गएको हो ।
संसद सदस्यहरुले गत नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न लागेकै बेला ट्रम्पका हतियारधारी जत्थाले संसद भवन परिसरमा प्रदर्शन र हमला गरेको थियो ।

समाचार एजेन्सीहरुका अनुसार हतियारधारी ट्रम्पका समर्थकहरुले राजधानी वासिङ्गटन डिसीस्थित संसद भवनमा प्रवेश गरेर आक्रमण मात्र गरेनन, उनीहरुले तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोडसमेत गरे ।

ट्रम्पले भने आफ्ना उग्र समर्थकको गतिविधिको बचाउ गर्दै आफूले जितेको चुनाव धाँधली गरेर खोस्दाको परिणाम भएको तर्क गरेका छन् । ट्रम्पले आफ्ना समर्थकलाई घर फर्किन आग्रह गर्नुभएको छ भने सभामुख पेलोसीले बुधबार राति संसद चल्ने प्रष्ट पारेका छन् ।

उग्र हतियारधारी ट्रम्प समर्थक जत्थाले अवरोध गरेपछि केही समय इलेक्टोरल मतलाई आधिकारिकता प्रदान गर्ने सदनको कार्यक्रमसमेत केही समय रोकिएको थियो । झण्डै तीन घण्टा हतियारधारी ट्रम्प समर्थकले संसद भवन नियन्त्रणमा लिएका थिए । सुरक्षाकर्मीले सांसदहरुलाई भवनबाट निकाल्नु परेको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ट्रम्पका समर्थकबाट भएको हर्कतलाई विद्रोही गतिविधिको संज्ञा दिनुभएको छ ।

संसदीय व्यवस्थामा अमेरिकी राजनीतिक संस्कार र प्रणालीलाई आदर्श र नमूना मानिन्छ । तर संसदीय व्यवस्थामा सत्ताको लागि कति हदसम्मका हर्कत हुन्छन् भन्ने यो उदाहरण हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal